Kanakai Online

कनकाईका नवनिर्वाचित जनप्रतिनिधिका चुनौती


बुधवार, जेठ ११, २०७९ |

सम्पादकिय
सिंहदबारको अधिकार गाउँमा ल्याउने संवैधानिक प्रावधानअनुसार गणतान्त्रिक संविधानको दोस्रो कार्यकालको निर्वाचन सकिएको छ ।

अधिकांस स्थानमा मतगणना सकिदा केहिमा पदभार समेत ग्रहण भइसकेको छ । कनकाई नगरपालिकामा समेत नयाँ प्रतिनिधि चयन भइसकेको अवस्था छ । राजेन्द्रकुमार पोखरेलले दोस्रो कार्यकाल दोहोराउदा उपप्रमुखमा भने कांग्रेसबाट उम्मेद्धारी दिनुभएकी आशा शर्मा शिवाकोटीलाई पाएको छ ।

राजेन्द्रकुमार पोखरेलले पहिलो चोटी नयाँ संवैधानिक प्रावधानअनुसार निर्वाचित हुदा धेरै कुरा सिक्न वाकी थियो भन्ने छुट थियो अब दोस्रो कार्यकाल सुरु गरिरहदा अब पोखरेलका सामु यो छुट कदापि हुनेछैन । जनताले पोखरेललाई निर्वाचित गराउनुको पछाडि पनि अधुरा कामहरु पुरा होइन भन्ने नै हो । उपमेयरकी निर्वाचित आशा शर्मा शिवाकोटीको शैक्षिक र हज्जारौ विद्यार्थीहरुलाई शिक्षाको उज्यालो घाम देखाइदिएको गुरु दक्षिणा दिएको भन्दा सायदै अन्यथा नहोला । जसरी शिक्षाकर्ममा आशा शर्मा शिवाकोटीले सबै विद्यार्थीलाई वरावरी शिक्षा दिने गर्नुभएको छ सोही क्रम न्याय र बजेट निर्माणका क्षेत्रमा पनि लागु हुनेछ भन्ने आशा कनकाई वाशीले राखेका छन । यसका अलवा कनकाईको सबैभन्दा ठुलो समस्याका रुपमा रहेको सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई जग्गा धर्नीपुर्जा वितरणको कामलाई समयमै सक्नुपर्ने प्रमुख दायित्व पोखरेल र शिवाकोटीको प्रमुख जिम्मेवारी रहेको छ ।

अघिल्लो कार्यकालमा किन धनीपुर्जा वितरण हुन सकेन के कस्ता कमजोरी रहे सरकारका र आफ्ना तर्फबाट यस कुरा पक्कैपनि राजेन्द्रकुमार पोखरेलको टिमले मुल्याङ्गन गरिसकेको छ । यसलाई गुरु मन्त्र मान्दै धनीपुर्जा बितरण गर्नु पर्ने छ । कनकाईको प्रमुख समस्या शिक्षा र स्वास्थ्य पनि हो । कनकाई माविलाई देखाएर स्मार्ट शिक्षाको नारा उरालेर मात्रै हुदैन अत्यन्त गरिब परिवारले अध्यान गर्ने पंचकन्या प्राविहरुको जुनदिनसम्म शैक्षिक स्थिति सुध्रन्छ अनिमात्रै शिक्षामा आमुल परिवर्तन आएको मानिने छ ।

स्वास्थ्यको कुरा गर्दा कनकाई नगरपालिका धेरै पछि नै छ । एउटा सामान्य रेफल बनाउनका लागि समेत अझैपनि दिन माया मार्नुको विकल्प कनकाईमा छैन । कर्मचारीको सहि समायोजन हुन नसक्दा कोही कर्मचारी दिनभर फेसबुक चलाएर बस्ने र अस्पतालमा भने रेफर लिन जादा सेवाग्राहीले सुविधा भन्दा सास्ती वढी खप्नुपर्ने बाध्यता नयाँ जनप्रतिनिधि आएपछि पनि हुनु भएन । कनकाई नगर अस्पतालमा कम्तीमा विरामी कुरुवाले अस्पतालमा मेरो बुबा बिरामी हुनुहुन्छ भन्दै घरैबाट जाउलो बोकेर अस्पताल छिरिरहेको दृश्य यो ५ बर्षमा हेर्न चाहेका छन ।

सम्बन्धित खबर