Kanakai Online

गीत लेख्दा लेख्दै गायक बने करिन लामा


मङ्गलवार, जेठ १०, २०७९ |

कनकाई अनलाईन
आजकाल झापाली नेपाली गीत संगितमा रुची हुने युवा पुस्ताले सुन्ने गरेको नाम हो करिन लामा । झापा सुरुङ्गा निवासी २४ बर्ष पुगेका करिनलाई अहिले संगितका हरेक विधामा आफुले काम गर्न सक्छु भन्ने आत्मविश्वास छ । मलाई जुनसुक्कै काममा आफ्नो सय प्रतिशत दिनुपर्छ भन्ने लाग्छ आफुले काम गरेका क्षेत्रमा केहि योगदान पुर्याउन चाहन्छु करिन भन्छन ।

अहिलेसम्म आफुले गाएको ४ वटा गितको म्युजिक भिडियो समेत तयार पारिसकेका करिनले आफ्नै नामको करिन लामा युटुभ च्यानल समेत संचालनमा ल्याएका छन ।

उनी अभिनित तथा गाएका गितहरुलाई करिनले यहि युटुभ च्यानलबाट दर्शक श्रोताको विचमा ल्याउने गरेका छन । शैक्षिक क्षेत्रमा समेत लागेका यी युवा गायकको मुख्य रुची भनेकै गित संगित भएको बताउँछन ।

सम्बन्धित खबर