Kanakai Online

गाउँलेले पासोमा पारेको चितुवा जामुनखाडी सिमसारको जिम्मा


सोमवार, भदौ १९, २०७४ |

 
कनकाई अनलाईन
सुरुङ्गा , भदौ १९ गते । आइतवार विहान गौरादह नगरपालिका ९ बैगुनधुराका स्थानीयवासीले पासोमा पारेको चितुवा संरक्षणका लागि कनकाई नगरपालिका १ मा रहेको पर्यटकिय क्षेत्र जामुनवारी सामुदायिक वन तथा पर्यटकिय सिमसार क्षेत्रलाई संरक्षणका लागि जिम्मा दिइएको छ ।
चितुवाले स्थानीय चियावगानमा लुकेर वसी रातको समयमा गाउँलेहरुको गाइवस्तु खानथालेपछि नगरपालिकाको समन्वयमा गाउँले आफफैले फलामको पासो बनाई चितुवा पारेका थिए ।
पासोमा परेतापनि चितुवालाई चोट भने नलागेको जिलला वन कार्यालय झापाका प्रमुख वोधराज सुवेदीले वताउँनुभयो । गाउँलेद्धारा समातिएको सो चितुवालाई संरणकालागि जामुनवारीलाई हस्तानरण गरिएको छ ।
जामुनवारीले यस पहिले समेत सो वनमा दुर्लभ जनावारहरु अंजिगर , गिद्ध , भालु , दुम्सी लगायातलाई संरक्षण गरि मिनि चिडिया घरकै रुपमा संरक्षण गरि राखेको छ । सो चितुवालाई समेत विशेष खोर बनाई राखिने जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष परशुराम गिरीले वताउँनुभयो ।

सम्बन्धित खबर