Kanakai Online

कनकाई नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस बिजयी


बुधवार, जेठ ४, २०७९ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुन नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेल दोस्रोपटक नगरप्रमुखका रुपमा बिजयी हुनुभएको हो । पोखरेलले जम्मा ८ हजार ६ सय ७३ मत ल्याउदै बिजयी हुनुभयो ।

उहाँका निकत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६ सय ६१ मत ल्याउनुभयो । पोखरेले चिमरियालाई २ हजार १२ मतले पराजित गर्नुभयो । उपप्रमुखमा नेपाली कांग्रेसकी आशाशर्मा शिवाकोटीले १० हजार ७ सय १३ मत ल्याउदै बिजयी हुदा एमालेकी मन्जु प्रसाईले ८ हजार ८ सय ४५ मत ल्याउनुभयो ।

प्रसाई झापा विद्रोहकी शहिद रामनाथ दाहालकी छोरी समेत हुनुहुन्छ । कनकाईमा कांग्रेसबाट स्वतन्त्र उम्मेद्धारी दिएर सुरुदेखिनै अग्रता बनाइरहनुभएका नगरप्रमुख पदका उम्मेद्धार शेरबहादुर थापाले भने तेस्रो लोकप्रिय मत ५ हजार ५ सय ९१ मत ल्याउनुभयो । राप्रपाका उम्मेद्धार श्याम ओलीले २ हजार २ सय ५ मत ल्याउनुभयो ।

वडाहरुमा समेत ७ वटा वडा नेकपा एमाले र २ वटा वडामा नेपाली कांग्रेसले बिजयी भएको हो । कनकाई नगरपालिकामा जम्मा ३५ हजार ४ सय ७१ म्तमा २५ हजार ८ सय ५१ मत खसेको थियो । मंगलवार विहान अन्तिम मत परिणाम सार्वजनिक भएको हो । १५ पालिका रहेको झापा जिल्लामा थप १४ पालिकामा भने मतगणना जारी छ ।

यसैगरि कनकाईमा तराजुबाट उम्मेद्धारी दिने साझा विवेकशीलका भीम अधिकारीले १७३ मत मात्रै ल्याउनुभयो । अघिल्लो निर्वाचनमा अधिकारीले कनकनकाईमा लोकप्रिय मत ल्याएर सनसनी मच्चाउनुभएको थियो । यसैगरि विप्लप माओवादीका पुतली चिनाव चिन्हका देवि अधिकारीले ९ मत र मौलिक जरोकिलो पार्टीकी टंका उप्रेतीले १९ मत पाउनुभयो । उपमेयरमा राप्रप्राकी सचित्रा चुडालले १६१९ मत, नेकपा एसकी कलम चिन्हकी अम्बिका उप्रेतीले ६०४ मत र साझा विवेकशीलकी अम्बिका चापागाईले ११२ मत , उन्नत लोकतन्त्र पार्टीकी बिन्दा बराइलीले ७ मत र मौलिक जरोकिलो पार्टीकी कम्युटर चिन्हबाट १५ मत ल्याउनुभयो ।

सम्बन्धित खबर