आइपी भट्टराई
कनकाई नगरपालिकाको वार्डनम्बर १ मा एमालेको प्यानलै बिजयी भएको छ । अहिले साँझ सार्वजनिक गरिएको मत परिणाममा पोखरेलले सुर्य चुनाव चिन्हमा १२ सय १६ मतका साथ बिजयी भएका हुन । उनका निकत्तम प्रतिद्धन्द्धी सुर्यबहादुर थापाले ९ सय ४९ मत मात्रै ल्याउनुभयो । थापालाई पोखरेलले २६७ मतले पछि पार्दै पोखरेलले वडाअध्यक्षमा जित हात पारेका हुन ।
यता महिला सदस्यमा एमालेकै निर्मला खड्का १२१५ मत, दलित महिला सदस्यमा समेत एमालेकै संजिता घतानी १२३२ मत र खुल्ला सदस्यमा दलबहादुर थापा ११८८ र हरिकुमार राई १२३६ मत ल्याएर बिजयी हुनुभयो । उपबिजयीमा कांग्रेसका महिला सदस्यमा सीता सापकोटा ८८९ मत, दलित महिला सदस्यमा टिकामाया दर्जी ९११ र खुल्ला सदस्यमा कांग्रेसकै कैलास दर्जी ८२० मत र टेकनाथ लुइटेल ८०२ मत ल्याएर पराजित हुनुभयो ।
वार्डअध्यक्षमा राप्रपाका विष्णु ओलीले २२७ मत, माओवादी केन्द्रकी खगमाया चापागाईले ४० मत ल्याउनुभयो । अव कनकाई नगरपालिकाका सबै वार्डको मत गणना अन्तिम चरणमा पुगेको छ आजै राती मेयर, उपमेयर सहित सबै नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।