Kanakai Online

३३ बर्षे विद्यार्थी नेता बने कनकाई ४ को वडाअध्यक्ष


मङ्गलवार, जेठ ३, २०७९ |

कनकाई अनलाईन
कनकाई नगरपालिका ४ को वडाअध्यक्षमा यस क्षेत्रका लोकप्रिय विद्यार्थी नेता रोषन सुवेदी ३३ बर्षमै वार्डअध्यक्ष बनेका छन ।
अखिलका विद्यार्थी नेता नेकपा एमालेबाट कनकाई ४ को पुरै प्यानलै बिजयी हुदै इतिहास रचेका छन । सुवेदी कनकाईकै सबैभन्दा कम उमेरका वडाअध्यक्ष हुन भने उनलाई झापाकै पनि कम उमेरको वडाअध्यक्षको समेत दावी गरिएको छ ।

नेकपा एमालेबाट सुवेदीले कुल १५ सय ६८ मत ल्याउदै बिजयी हुदा उहाँका निमत्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कमल दाहालले १३ सय ६ मत ल्याउनुभएको छ । सुवेदीले दाहाललाई २६५ मत अन्तरले पराजित गरेका हुन । यसैगरि महिला सदस्यमा एमालेकै लक्ष्मी कटुवाल (१६४५) मत, दलित महिला सदस्यमा एमालेकै मन्दिरा विक ( १५५०) मत, र खुल्ला सदस्य पदमा एमालेकै मोहनप्रसाद संग्रौला १८८५ र शेषप्रसाद प्रसाई १४०० मत ल्याएर बिजयी हुदा उहाँका निकत्तम प्रतिद्धन्द्धीमा महिला सदस्यमा कांग्रेसकी गिता उप्रेती ११२५ मत, दलित महिला सदस्य सीता दर्जी ११७३ मत र खुल्ला सदस्यमा छत्र कार्की १११४ र गणेश विक १२२० मत ल्याएर पराजित बने । कनकाई ४ मा राप्रपाका केशव संग्रौलाले वडाअध्यक्षमा हलोबाट १७२ मत र माओवादी केन्द्रको हसिया हतौडामा सुरेशकुमार गुरुङ्गको ८६ मत ल्याएका छन ।

यता तराजुमा साझा विवेकशीलका राजकुमार फुयाँलले २८ मत ल्याएका हुन । वडानम्बर ४ को अन्तिम नजिता आज विहान सार्वजनिक गरिएको हो । हालसम्म ४ मा एमाले, ५ मा एमाले, ६ मा एमाले, ७ मा कांग्रेस, ८ मा कांग्रेस र ९ मा एमालेले वडाअध्यक्ष कनकाईमा जितिसकेको छ ।

सम्बन्धित खबर