Kanakai Online

सुरुङ्गामा खुल्यो सुविधा सम्पन्न सुभम श्री हस्पिटल


सोमवार, जेठ २, २०७९ |

कनकाई अनलाईन
सुरुङ्गामा यस क्षेत्रका युवा स्वास्थ्यकर्मीको टोलीले सुभम श्री हस्पिटल संचालनमा ल्याएका छन ।
सुरुङ्गाका युवा स्वास्थ्यकर्मी सम्भु शाह समेतको लगानीमा युवा स्वास्थ्यकर्मीहरु अनिल शर्मा,अशोक शर्मा र प्रकाश भण्डारीको समुहले आफ्नै लगानीमा सुविधासम्पन्न अस्पताल सुरुङ्गामा संचालनमा ल्याउनुभएको हो ।

अस्पतालको विशेष कार्यक्रमका विच शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका वरिष्ठ मुटुरोग विशेषज्ञ डिएम डाक्टर पारस कोइरालाले अस्पतालको उदघाटन गर्नुभयो । सो अवशरमा विभिन्न रोगी विरामीहरुको निशुल्क चेकजाँच र परिक्षण समेत गरिएको थियो । जसमा नेपाल तथा छिमेकी देश भारतका समेत गरि १७३ जना रोगीको स्वास्थ्य परिक्षण गरिएको अस्पतालका संचालक सम्भु शाहले बताउँनुभयो ।

अस्पतालले चौविसै घण्टा विशेषज्ञहरुको सेवा दिनुको साथै बेडभर्ना र रगत लगायातका सबै स्वास्थ्य जाँच ल्याव सेवाहरु समेत अत्याधुनिक एनालाइजर बाट परिक्षण गरिने अस्पतालका संचालक तथा व्यावस्थापक अनिल शर्माले बताउँनुभयो ।

सुरुङ्गा झापा रोडमा संचालनमा आएको उक्त अस्पतालमा हाल विशेषज्ञ डाक्टरहरु मुटुरोग विशेषज्ञ पारस कोइराला सहित अस्पतालमा वरिष्ठ फिजिसियन डाक्टर लक्ष्मीनारायण शाह, हार्डजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर प्रकाशकुमार श्रेष्ठ, छाला यौन रोगका डाक्टर असित घिमिरे, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर विपिन कोइराला, महिला रोग विशेषज्ञ डाक्टर ममता राजवंशी, टाउको तथा नसारोग विशेषज्ञ डाक्टर डिल्लीराम काफ्ले, प्रेसर तथा मुटुरोग विशेषज्ञ डाक्टर पारस कोइराला, डाइबिटिज तथा थाइराईड रोग विशेषज्ञ डाक्टर प्रताव राय, वाल रोग विशेषज्ञ डाक्टर सत्यनारायण चौधरी, चिरफार विशेषज्ञ डाक्टर चन्दनमोहन शाह लगायातको विशेषज्ञ डाक्टरहरुको टिमले सेवा दिने अस्पतालका संचालक प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

२०६९ सालदेखि कनकाई सुरुङ्गामा सुभम मेडिसिन सेन्टरका नामले परिचित यसलाई सेवा विस्तार गर्दै हस्पिटलका रुपमाा संचालनमा ल्याएसगै सुरुङ्गा र यस आसपास शिवसताक्षी नगरपालिका , बाह्रदशी गाउँपालिका कनकाईका सबै वार्ड, झापा गाउँपालिका र छिमेकी देश भारतको विहार राज्यका हज्जारौ नागरिकले नजिक्कै गुणस्तरीय सेवा पाउने अप्रेक्षा राखेका छन ।