Kanakai Online

कनकाईमा एमालेका राजेन्द्र पोखरेलले जेब्रालाई पछि पारे


सोमवार, जेठ २, २०७९ |

आइपी भट्टराई
कनकाई नगरपालिकाका मेयर पदमा पहिलो चोटी स्वतन्त्रका उम्मेद्धार शेरबहादुर थापालाई सुर्य चिन्हका एमालेका उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले पछि पारेका छन ।


अहिले विहान ८ बजेको नतिजा अनुसार राजेन्द्रकुमार पोखरेलले कुल १२ हजार ३ सय ५८ मत गणना हुदा एमालेका पोखरेलले ७६ मतले जेब्रालाई पछि पारेका हुन । सुर्यका पोखरेलले ३९४० मत ल्याउदा जेब्राका शेरबहादुर थापाले ३८६४ मत ल्याएका हुन । साविक कनकाई नगरपालिका को सुरुङ्गा क्षेत्रमा आउदा स्वतन्त्रलाई एमालेका उम्मेद्धारले उछिनेका हुन । उपमेयरमा नेपाली कांग्रेसकी आशा शर्मा शिवाकोटीले लिड गरिरहेको अवस्था रहेको छ । शिवाकोटीले एमालेकी मन्जु प्रसाईलाई २ सय ८५ मतले पछि पारेको अवस्था छ । कांग्रेसकी आशा शिवाकोटीले ४५ सय ५५ मत र एमालेकी मन्जु प्रसाईले ४२ सय ७० मत ल्याएर पछयाईरहेको अवस्था छ । मेयर पदमा रुखका रुद्रप्रसाद चिमरिया २४ सय ३३ मत ल्याएर तेस्रो पोजिसन र हलोका श्याम सुन्दर ओलीले ७ सय ९२ मत ल्याएर चौथो अवस्थामा रहनुभएको छ । यसैगरि साझा विवेकशीलका भीम अधिकारीले ५४ मतका साथ पाचौ स्थानमा रहदा मौलिक जरोकिलो पार्टीकी टंका उप्रेतीले ९ मतका साथ छैठौ स्थानमा रहनुभएको छ । यसैगरि विप्लप माओवादीबाट उम्मेद्धारी दिनुभएका देविप्रसाद उप्रेतीले सुमे्त १ मत ल्याएर खाता खोल्न सफल हुनुभएको छ ।

उपमेयरमा समेत हलोकी सचित्रा चुडालले ७५८ मतका साथ तेस्रो र कलम चिन्हकी नेकपा एसकी अम्बिका उप्रेतीले ४०५ मतका साथ चौथो र साझा विवेकशीलकी अम्बिका चापागाईले ५२ मतका साथ पाचौ स्थानमा रहनुभएको छ । हालसम्म ९,८,७ र ६ नम्बरको मत गणना सकिएको छ भने हाल ५,४र ३ को मत गणना जारी छ ।

सम्बन्धित खबर