आइपी भट्टराई
कनकाई नगरपालिका ६ को वडाअध्यक्ष पदमा एमालेका दिर्घबहादुर थापा बिजयी हुनुभएको छ । अहिले भर्खर प्राप्त मत परिणामत अनुसार थापाले कांग्रेसका बागी स्वतन्त्रका उम्मेद्धार लक्ष्मी ओलीलाई ६८ मतको झिनो मत अन्तरले पराजित गर्दै थापा बिजयी हुनुभएको हो । थापाले ५०८ मत ल्याउदा स्वतन्त्रका उम्मेद्धार ओलीले ४४० मत ल्याउनुभयो ।
यस अघि स्वतन्त्र उठनुभएका ओली यसै क्षेत्रबाट लोकप्रिय मत सहित नेपाली कांग्रेसबाट प्यानलै बिजयी भएको थियो । कांग्रेसले ओलीलाई टिकट नदिदा एमालेले यस पटक अघिल्लो निर्वाचनको बदला लिएको छ ।
यसैगरि एमालेकै महिला दलित सदस्य कल्पना विक (५८८) महिला सदस्य कुमारी दौपदा गौतम (५७९) र सदस्य सन्तोस सोरेन ५८८ मत ल्याएर बिजयी हुदा कांग्रेसका अर्जुनकुमार राजवंशी ५४८ मतका साथ बिजयी भएका छन ।
यता निकत्तम प्रतिद्धन्द्धी कांग्रेसका दलित महिला सदस्य गोमा कार्की डोली ३७४, महिला सदस्य लक्ष्मीमा घिमिरे ३५४ र सदस्यको उम्मेद्धार रामबहादुर चौहानले २६६ मत ल्याउनुभयो । एमालेका सदस्य पदका पराजित उम्मेद्धार रेवत बस्नेतले २९४ मत ल्याउनुभयो । यता नेपाली कांग्रेसका आधिकारीक उम्मेद्धार केशव बिमली भने कनकाई ६ मा चौथो बनेका छन । उनले जम्मा २०९ मत मात्रै ल्याए भने कनकाई ६ मा माओवादीका वडाअध्यक्षका उम्मेद्धार रेबतबहादुर रेग्मीले २९४ मत ल्याउदा हलोका दिलिपकुमार कार्कीले १९ मत ल्याए । दिर्घबहादुर थापा यसअघि माओवादी र एमाले अलग हुदा उनले एमाले रोजेका थिए । हाल कनकाईको ९,८, र ६ नम्बरको सम्पुर्ण मत गनिसकिएको छ भने हाल ७,५ र ४ को थालिएको छ ।