Kanakai Online

कनकाईमा मत अन्तर घटाउदै राजेन्द्र पोखरेल


आइतवार, जेठ १, २०७९ |

आइपी भट्टराई
कनकाई नगरपालिकाको मेयर पदको उम्मेद्धारमा कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेद्धार शेरबहादुर थापाले आफ्नो अग्रता कायम राखेका छन ।

अहिले ४ बजेसम्मको ताजा मत गणना अनुसार जम्मा ६ हजार ९ सय ७१ म्त गणना हुदा स्वतन्त्रका उम्मेद्धार शेरबहादुर थापाले जम्मा २८ सय ७९ मत ल्याएर लिड गरिरहनुभएको छ । उहाँका निकत्तम प्रतिद्धन्द्धी एमालेका राजेन्द्रकुमार पोखरेलले २०४८ मतका साथ पछयाइरहनुभएको छ । यस पटक भने राजेन्द्र पोखरेलले मत अन्तर थोरै कम गर्नु भएको छ । हाल थापाले ८ सय ३१ मतले लिड गर्नुभएको छ यसअघि थापाले पोखरेललाई ८ सय ६० मत अन्तरले लिड गर्नुभएको थियो ।

यसैगरि कांग्रेसका उम्मेद्धार रुद्रप्रसाद चिमरियाले भने ९५७ मत मात्रै ल्याउनुभएको छ । यसैगरि हलोका श्याम ओलीले ३१६ मत र तराजुका भीम अधिकारीले ७ मत ल्याउदा विप्लप माओवादीका देवि उप्रेतीले १ मत ल्याउनुभएको छ । उपमेयरमा भने एमालेकी मन्जु प्रसाई २४२३ मतका साथ अगाडि हुदा कांग्रेसकी आशा शिवाकोटीले २२१७ मतले पछयाइरहनुभएको छ । हलोकी सचित्रा चुडालले ४२९ मत ल्याउनुभएको छ । कलम चिन्हकी नेकपा एसकी अम्बिका उप्रेतीले समेत २६६ मत ल्याउनुभएको छ । कनकाईको ९,८,७ र ६ नम्बरको गन्ती हुदै छ । कनकाईमा कुल २५ हजार ८ सय ५१ मत खसेको छ ।