Kanakai Online

कनकाईमा मत अन्तर बढाउदै शेरबहादुर थापा


आइतवार, जेठ १, २०७९ |

आइपी भट्टराई
कनकाई नगरपालिकाको निर्वाचन परिणाम रोचक बन्ने क्रममा कांग्रेसका बागी उम्मेद्धार शेरबहादुर थापाले आफ्नो मत अन्तर बढाउदै लगेका छन ।


हालसम्म दिउसो साढे २ बजेसम्मको मत परिणाम अनुसार जम्मा ६ हजार ४ सय २१ मत गन्दा कांग्रेसबाट बागी उम्मेद्धारी दिनुहुने शेरबहादुर थापाले ८ सय ६० मतले लिड गरिरहनुभएको छ । हालसम्म शेरबहादुरको चुनाव चिन्ह जेब्राले २७ सय ३६ मत ल्याउँदा सुर्यका एमाले उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले १८ सय ७६ मतले जेब्रालाई पछ्याइरहनुभएको छ । यता रुखका कांग्रेसका उम्मेद्धार रुद्रप्रसाद चिमरिया भने ८११ म्त ल्याउनुभएको छ । यसैगरि हलोका मेयर पदका उम्मेद्धार श्याम ओलीले २७४, साझा विवेकशीलका तराजु चिन्हका भीमप्रसाद अधिकारीले ५ मत ल्याउनुभएको छ, भने विप्लप माओवादीका देविप्रसाद उप्रेतीले १ मत ल्याउनुभएको छ । हालसम्म मौलिक जरोकिलो पार्टीबाट खाता खोल्न सकेको छैन ।

यता उपमेयरमा भने एमालेकी मन्जु प्रसाईले २२ सय ५८ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । भने दोस्रोमा कांग्रेसकी आशाशर्मा शिवाकोटीले २०१० मत ल्याएर पछयाइरहनुभएको छ । तेस्रोमा राप्रपाकी सचित्रा चुडालले ३८८ मत र चौथोमा नेकपा एसकी अम्बिका उप्रेतीले २२३ मत ल्याउनुभएको छ । यसैगरि तराजुकी साझा विवेकशीलकी उपमेयर अम्बिका चापागाईले ११ मत ल्याउनुभएको छ । हाल ९,८,७ र ६ नम्बरको मत गणना भइरहेको छ ।