Kanakai Online

कनकाईमा शेरबहादुर थापा अघि अघि राजेन्द्र पछि पछि


आइतवार, जेठ १, २०७९ |

आइपी भट्टराई
कनकाई नगरपालिकाको चुनावी परिणाममा स्वतन्त्र उम्मेद्धारी दिएका शेरबहादुर थापाले हालसम्म ७ सय २३ मतको अग्रता बनाएका छन ।


अहिले साढे १० बजेसम्मको ६,७,८ र ९ नम्बर वार्डको ५ हजार ७ सय २६ मतको गणना गर्दा माओवादी र नेकपा एस समेतको समर्थनमा मेयर पदमा उम्मेद्धारी दिएका जेब्रा चुनाव चिन्हका शेरबहादुर थापाले २४ सय १५ मत ल्याएका छन । उनलाई एमालेका सुर्य चुनाव चिन्हका राजेन्द्रकुमार पोखरेलले १६ सय ९२ मत ल्याएर पछ्याईरहेका छन । थापाले पोखरेलाई ७ सय २३ मतले लिड गरिरहनुभएको छ । यसैगरि रुख चुनाव चिन्हका रुद्रप्रसाद चिमरियाको ७ सय २१ र हलोका श्याम ओलीको २४९ मत आएको छ । यसैगरि साझा विवेकशीलको भीमप्रसाद अधिकारीको ४ मत र विप्लप माओवादीको देविप्रसाद उप्रेतीको पुतली चुनाव चिन्हको समेत एक मत आएको छ । बाकी मौलिक जरोकिलो पार्टीको कम्युटरको हालसम्म एक मत पनि आएको छैन । यसैगरि उपमेयरमा सुर्य चुनाव चिन्हकी मन्जु प्रसाईको २ हजार २८ मत रुखकी आशा शर्मा शिवाकोटीको १७ सय ९० मत, हलोकी सचित्रा चुडालको ३ सय ५२ मत र कलम चिन्हकी अम्बिका महत उप्रेतीको १ सय ९४ मत र तराजु चिन्हकी साझा विवेकशीलकी अम्बिका चापागाईको १० मत आएको छ । यसैगरि ७ सय भन्दा वढी मत बदर समेत भएको छ ।

८ र ९ नम्बरको मत गणना गरिसकेपछि १ र २ नम्बरको थाल्ने तयारी भइरहेको छ ।