Kanakai Online

कनकाईमा शेरबहादुरको अग्रता ७१५ मतको


आइतवार, जेठ १, २०७९ |

कनकाई अनलाईन
नेपाली कांग्रेसका बागी उम्मेद्धार शेरबहादुर थापाले कनकाई नगरपालिकाको निर्वाचनको भोट गन्दादेखिको अग्रतालाई निरन्तर मत अन्तर बढाइरहेका छन ।


सोचेभन्दा ठिक विपरित मत ल्याएर देशकै ठुला मिडिया समेतको ध्यान तानेका शेरबहादुर थापाले हालसम्म ५ हजार २ सय ७६ मत गणना हुदा एमालेका राजेन्द्रकुमार पोखरेलाई ७ सय १५ मत अन्तरले पछि पारेका हुन । यो मत अन्तर क्रमश वढदै गएको छ । जेब्रा घोडा चुनाव चिन्हबाट निर्वाचन लडेका थापाले अहिले विहान ९ बजेसम्ममा कुल २२ सय ५४ मत ल्याएर अग्रता बढाएका हुन भने दोस्रोमा रहेका एमालेका सुर्य चिन्हका पुर्व मेयर समेत रहनुभएका राजेन्द्रकुमार पोखरेलले कुल १५ सय ३९ मतका साथ जेब्रालाई पछ्याइरहनुभएको छ । रुखका चुनाव चिन्हका रुद्रप्रसाद चिमरियाले मात्र ६ सय ५९ मत ल्याउनुभएको छ । यसैगरि हलो चुनाव चिन्हका श्याम ओलीले मेयरमा २ सय २६ मत ल्याउदा तराजु चुनाव चिन्हका भीम अधिकारी साझा विवेकशील पार्टीबाट हालसम्म ४ मत ल्याउनुभएको छ । यसैगरि विप्लव माओवादीबाट स्वतन्त्र उम्मेद्धार दिनुभएका देवि उप्रेतीले समेत यो समाचार तयार पार्दा सम्म १ मत ल्याएर खाता खोल्नुभएको छ । हालसम्म मेयर पदकी मौलिक जरोकिलो पार्टीकी उम्मेद्धार कम्युटर चुनाव चिन्हबाट खाता खोल्न नसकेको निर्वाचन समिति कनकाईले जनाएको छ । हालसम्म कनकाई नगरपालिकाको ९,८,७ र ६ नम्बरको मतगणना कनकाई नगरपालिकामा जारी छ ।