Kanakai Online

कनकाईमा १२९९ मत गन्दा थापा २१८ मतले अग्रता


शनिवार, वैशाख ३१, २०७९ |

आइपी भट्टराई
झापाको कनकाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका बागी रहेका स्वतन्त्रका उम्मेद्धार शेरबहादुर थापाले सुरुवाती समयदेखि नै अग्रता बनाउनुभएको छ ।

माओवादी केन्द्र र समाजवादीको समर्थनमा स्वतन्त्रबाट मेयर पदमा उम्मेद्धारी दिएका शेरबहादुर थापाले शनिवार विहान आज २ बजेसम्ममा कुल १२९९ मत गन्दा ५८८ मत ल्याएर अग्रता बनाउँनुभएको छ । थापाले दोस्रो पोजिशनमा हुने राजेन्द्रकुमार पोखरेलाई २१८ मतले अग्रता लिनुभएको छ । कनकाई नगरपालिकामा एमालेका उम्मेद्धार राजेन्द्रकुमार पोखरेलले ३६४ मत ल्याएर थापालाई पछ्याइरहनुभएको छ भने नेपाली कांग्रेसका उम्मेद्धार रुद्रप्रसाद चिमरियाले १३५ मत ल्याउनुभएको छ ।

राप्रपाका उम्मेद्धार श्यामसुन्दर ओलीले जम्मा ४८ मत ल्याउनुभएको छ । मेयरमै तराजु चिन्हका साझा विवेकशील साझा पार्टीका भीम अधिकारीले एक मत ल्याएर खाता खोल्नुभएको छ ।
यता उपमेयरमा भने एमालेकी मन्जु प्रसाईले ४७४ मत ल्याएर अग्रता बनाउदा काग्रेसकी आशा शर्मा शिवाकोटीले ३५३ मत ल्याएर पछ्याई रहनुभएको छ । यसैगरि राप्रपाकी सचित्रा खनालले ८८ मत ल्याउनुभएको छ । नेकपा एसकी कलम चिन्हकी उपमेयरकी उम्मेद्धार अम्बिका उप्रेतीले ४० मत ल्याउनुभएको छ । यसैगरि तराजुकी अम्बिका चापागाईले समेत जम्मा २ मत पाउनुभएको छ । कनकाईको ९ र ८ नम्बर वार्डमा हाल धमाधम मतगणना भइरहेको छ । कनकाईमा जम्मा ३५ हजार ४ सय ७१ मतदातामा २५ हजार ८ सय ५१ मत अर्थात ७२ दशमलव ८८ प्रतिशत मत खसेको थियो । हालसम्म कनकाईको मेयर पदमा माओवादी विप्लप र मौलिक जरोकिलो पार्टीका मेयर पदका उम्मेद्धारले खाता सम्म खोल्न सकेका छैनन ।