कनकाई अनलाईन
कनकाई नगरपालिकामा अहिले ३ बजेसम्मको समयमा आधा भन्दा वढी मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृत दिपक कोइरालाले बताउँनुभएको छ ।
कनकाई नगरपालिकाका ३५ हजार ४ सय ७१ जना मतदाताले १२ स्थानमा रहेको ४० मतदान केन्द्रबाट मतदान गरिरहेका छन । उनीहरुका लागि सबै मतदान केन्द्रमा मतदाताको स्वास्थ्यका लागि औषधि सहितको प्राथमिक स्थास्थ्य हेल्प डेक्स समेतको स्थापना गरिएको कनकाई नगरपालिकाका स्वास्थ्य निर्देशक नारायण अधिकारीले बताउँनुभयो ।
स्वास्थ्यकर्मीका माध्यमबाट अप्ठ्यारोमा परेका विरामी र असक्तहरुको स्वास्थ्य चाँज समेत गरिन्छ । कनकाईमा मेयर पदमा विप्लप माओवादी सहित एमाले, कांग्रेस, स्वतन्त्र,राप्रपा, मौलिक जरो किलो पार्टी र साझा विवेकशील पार्टीले आआफ्नो उम्मेद्धार खडा गरेको छ ।