Kanakai Online

हावाको उजुरीले कनकाईमा प्रहरी र निर्वाचन प्रमुख हैरानीमा


शुक्रवार, वैशाख ३०, २०७९ |

कनकाई अनलाईन
कनकाई नगरपालिका क्षेत्रभित्र निर्वाचनको मौन अवधिको वेला पैसा र जिन्सी वाढेको भन्दै हावादारी उजुरीका कारण प्रहरी र निर्वाचन अधिकृतहरुले हैरानी खेप्नुपरेको छ ।


कनकाई नगरपालिकाको ४ नम्बरको त्रिवेणी टोल, सुकुम्वासी वस्ती, मण्डल वस्ती, लगायातका स्थानमा मौन अवधिको वेला पैसा तथा जिन्सी वितरण गरिरहेको भन्ने हावादारी खबर प्रहरी र निर्वाचन कार्यालयमा गर्ने सामाजिक संजालमा जथाभावी लेख्ने काम गर्दा प्रहरी र निर्वाचन कर्मचारीले रातभर हैरानी खेप्नुपरेको प्रहरीको गुनासो रहेको छ ।

यता प्रहरी र निर्वाचन कार्यालयलको ध्यान एकातिर तानेर अर्को तिर आफुनै यस्ता काममा सक्रिय हुन पार्टीकै सक्रिय कार्यकर्ताबाट यस्तो गलत हल्ला फैलाएको पाइएको कनकाई नगरपालिकाका निर्वाचन अधिकृत दिपक कोईरालाले बताउँनुभयो । यता पैसा वाढे भनेर फोन आउँछ पुग्यो त्यहाँ त्यस्तो गतिविधि भएको पाइदैन दुख्ख मात्रै पाइन्छ कोइरालाले भन्नुभयो । कनकाई नगरपालिकाका ३५ हजार वढी मतदाताले कनकाईका विभिन्न १२ स्थानका ४० मतदान केन्द्रबाट मतदानमा सहभागि हुदै छन ।