Kanakai Online

गौतम बुद्धका विद्यार्थीको विदाई


शुक्रवार, वैशाख २, २०७९ |

शरणामती।झापा गाउँपालिका-७ मा रहेको गौतम बुद्ध अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको विदाई गरिएको छ।१० कक्षा सम्म पढाइ हुने विद्यालयले एस.इ.इ. परिक्षा दिन लागेका सात जना विद्यार्थीलाई आफ्नो विद्यालयबाट विदाई गरेको हो।

विद्यालयका प्रधानाध्यापक जीवन पौडेलको अध्यक्षतामा र विद्यालयका संस्थापक तारानाथ उप्रेतीको प्रमुख आतिथ्यतामा भएको विदाई कार्यक्रममा अतिथि हरु दिल कुमार कडेल,धर्म सुन्दर कार्की,लिलामाया उप्रेती,अङ्गध्वज माझी लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रममा वक्ताहरुले छात्रछात्राको उज्वल भविष्यको कामना गरेका थिए।विद्यार्थीहरुलाई उनीहरुले गौतमबुद्ध विद्यालयमा जस्तो अध्ययनमा अब्बल हुन सुझाएका थिए।एस.इ.इ परीक्षा दिन लागेका उनीहरुलाई अतिथीहरुले एसइइ परिक्षामा उच्च श्रेणी सहित सफलताको समेत कामना गरेका थिए।

विद्यालयका शिक्षक बिक्रम बानीयाँले सञ्चालन गरेको कार्यक्रममा शिक्षिका इशा भट्टराईले स्वागत मन्तव्य राखेकी थिन।

सम्बन्धित खबर