Kanakai Online

सहकारी सम्मेलन सुरु


शनिवार, चैत १९, २०७८ |

कनकाई अनलाईन
झापामा पहिलोपटक आयोजना गरिएको दुई दिने जिल्लास्तरीय सहकारी सम्मेलन शनिवारबाट बिर्तामोडमा सुरु भएको छ ।
झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले गर्नुभएको हो ।

संघले हरेक वर्ष प्रकाशन गर्दै आएको सहकारी स्मारिकको समेत विमोचन गरिएको थियो ।

संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले ‘झापामा सहकारीको सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ । त्यस्तै, अस्ट्रेलियाका लागि पूर्वराजदुत महेशराज दाहालको उत्प्रेरणात्मक प्रस्तुति समेत सम्मेलनमा रहने छ ।

सम्मेलनमा नेफ्स्कुनका पूर्वकोषाध्यक्ष केशव पोखरेलको समेत सहकारीको कार्यपत्र प्रस्तुुती रहेको थियो । सम्मेलनमा जिल्लाभरिका सहकारीको ४ सय जना प्रतिनिधिको सहभागिता रहेको छ भने यस वर्ष झापा सहकारी सम्मान पुरस्कार दिपकप्रकाश बाँस्कोटालाई २५ हजार ५५५ नगद सहितको पुरस्कार प्रदान गरिने यसैगरि पूर्वसञ्चालक सम्मान हरिकिशोर आचार्य र उत्कृष्ट सञ्चारकर्मीको पुरस्कार संचारकर्मी लक्ष्मण ढकाललाई प्रदान गरिने घोषणा गरिएको छ यी पुरस्कारको राशी नगद १० हजार ५५५ रुपैयाँ रहेको छ । त्यस्तै, उत्कृष्ट बहुउद्देश्यीय सहकारीका रुपमा गणेश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, उत्कृष्ट बचत तथा ऋण सहकारीका रुपमा सिम्रिक साकोस, उत्कृष्ट कृषि सहकारीमा लगनशील कृषि सहकारी संस्थालाई,उत्कृष्ट बचत कारोबारमा नेपाल बहुउद्देश्यीय र उत्कृष्ट कर्जा कारोबारमा फाल्गुनन्द साकोस रहेका छन् । सबैपुरस्कारको राशी नगद १० हजार ५५५ रुपैयाँ रहेको छ ।

यसैबीच, उत्कृष्ट व्यवस्थापक महिलामा हिमाञ्चल साकोसकी अरुणा राई र पुरुषमा विराट बहुउद्देश्यीयका रुद्र सिटौला रहेका छन् । उनीहरुलाई नगद ५ हजार ५५५ रुपैयाँसहित पुरस्कृत गरिनेछ ।

पुरस्कृत संस्था तथा व्यक्तिहरुलाई संघको आगामी साधारणसभा सम्मान तथा पुरस्कार प्रदान गरिने जनाइएको छ ।