कनकाई अनलाईन
सुरुङ्गा । , भदौ १६ गते । झापामा पछिललो समय करेन्टका घटना वढदै गएको छ ।
केहिदिनपहिलेमात्रै झापाको गौरीगन्जमा विद्युत तार घरमाथि खस्दा एक्कै परिवारका तीनजना गम्भिर घाईते वनेका थिए , भने कनकाई नगरपालिका सुरुङ्गामा समेत विद्युत प्राधिकरण सुरुङ्गामा कार्यरक्त कर्मचारी पदम श्रेष्ठ समेत विद्युतपोलमा चढेका वेला अचानक करेन अचानक करेन अचानक करेन्ट लागेर घाइते बनेका थिए । घाइतेहरु सवैजना अहिलेपनि अस्पतालमा उपचार गराईरहेका छन ।
यसैविच बिहिबार साँझ समेत मेचीनगर १० मा सेलर मिलको विग्रीएको मोटर बनाउने क्रममा भारत किसनगन्ज घर भएका ४० वर्षिय सोम हस्ताको मृत्यु भएको छ । करेन्ट लागेर गम्भिंर घाइते बनेका हस्ताको उपचारका लागि विर्तामोड लयाउनेक्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।