Kanakai Online

झापाको बिर्तामोड र झिलझिले सडक खण्ड बन्द


बिहिवार, चैत १७, २०७८ |

कनकाई अनलाईन
राजश्व अनुसन्धान कार्यालय इटहरीले कपडा पसलमा शील गरेको भन्दै उद्योग बाणिज्य संघ बिर्तामोडको अगुवाईमा बिहीवार दिनभर पुर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।
राजश्व अनुसन्धानका कर्मचारीले बिर्तामोडस्थित शाह कपडा पसलमा आवश्यक बिल बिजक नमिलेको र कर छलिको आरोपमा बिहीवार पसल शील गरेको थियो । यसको विरोधमा व्यापारी व्यावसायीहरुले चक्काजाम गरेका हुन ।

बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनालीले कोरोनाले थलिएका व्यापारी व्यावसायीलाई राज्यले सुरक्षा प्रदान गर्नुपर्नेमा अनेकन वहानावाजी गरेर दुख्ख दिएकोले बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको बताउँनुभयो । बिर्तामोडको मुक्तिचौकमा लामो समयसम्म चक्काजाम हुदा हज्जारौ यात्रुहरुले सास्ती भोगेका थिए । यता राजश्वको टोली बुधवारमात्रै खाताहरु लिएर एक हप्ता भित्र कार्यालय आउनु भनेर गएको भोलीपल्टै पसल शिल गरिएको कारण आशंका उब्जीएर आन्दोलित हुनुपरेको मैनालीले बताउँनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख छविलाल रिजालसगको वार्तापछि शुक्रवार यसवारेमा छुट्टै वार्ता बस्ने सहमतिपछि वेलुकी राजमार्ग संचालनमा आएको छ ।
यता शिवसताक्षी नगरपालिका झिलभिलेमा साघातिक हमला गरेर फरार रहेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर नेताको दवावमा परि छाडेको भन्दै पुर्वपश्चिम राजमार्गको झिलझिले सडकखण्डमा समेत स्थानीयले अवरुद्ध गरेका छन ।

इलामा प्रहरी कार्यालय झिलझिले अगाडि पिडितका तर्फबाट बिहीवार दिउसो १२ बजेदेखि सडक अवरुद्ध गरिएको थियो । केहिदीन पहिले स्थानीय दिव्य बास्कोटा,जानुका ढकाल र तेजस्विनि बास्कोटामाथि सांघातिक हमला भएको थियो । उनीहरुलाई अस्पतालमा उपचारका लागि लगिएको थियो । आक्रमणमा संग्लन स्थानीय युवराज खरेल, कल्पना खरेल, कुशल खरेल, अजय बास्कोटा, चैतकुकुमारी खरेल लगायातमाथि ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गर्न खोज्दा नमानेको र पक्रिएका उनीहरुलाई राजनैतिक पहुचका आधारमा छाडिएको पिडितको आरोप छ । यता दुई दिन भित्र पिडक भनिएकाहरुलाई पक्राउ गर्ने सहमतिपछि अवरुद्ध सडक दिउसो दुई बजेबाट खुलेको छ ।