Kanakai Online

स्थानीय चुनावमा होमियो कनकाई माओावादी टोल कमिटी धमाधम


आइतवार, चैत १३, २०७८ |

कनकाई अनलाईन
सुरुङ्गा । आसन्न स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सक्ताधारी दल नेकपा माओवादी केन्द्रले कनकाई नगरपालिकामा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ ।
कनकाई नगरपालिकाको ३ नम्बर पार्टीको एकान्तटोल कमिटि अमृत काफ्लेको अध्यक्षतामा २१ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

पार्टीका नगर अध्यक्ष यामनाथ सेडाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीकी प्रदेश सदस्य तथा अर्जुनधारा इन्चार्ज देवकला प्रसाई, पार्टीका नगर सदस्य तथा पुर्व जनसरकार प्रमुख भक्ति पाठक, पार्टीका वार्ड इन्चार्ज भक्ति संग्रौला, पार्टीका किसानका नगर उपाध्यक्ष गणेश भट्टराई, पार्टीका नगर सदस्य तथा अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष नविन सिटौला, पार्टीको वार्ड सचिव हिमाल ढकाल लगायातले नवगठित कमिटीलाई बधाई शुभकामना दिएका थिए ।
यसैगरि २१ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा अशोक थापा, सचिवमा जीवन कडरिया सहसचिवमा जमुना भुजेल र कोषाध्यक्षमा मन्जु कुमाल रहनुभएको छ । यसैगरि सदस्यहरुमा देवराज सिटौला, गंगा श्रेष्ठ, पर्वत ढकाल, अमित काफ्ले, युवराज खड्का , सुरज भुजेल, अमित काफ्ले, गंगामाया कुमाल, विवेक हेमरम, मनोज कुमाल लगायात रहनुभएको छ ।