कनकाई अनलाईन
झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कप फुटवलको उपाधि जदाह भेट्रान क्लब मोरङ्गले जितेको छ ।
शनिवार सम्पन्न फाइनल खेलमा धरान भेट्रान क्लब सुनसरीलाई ट्राइबेरमा ४–३ गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लबले उपाधि हात पारेको हो । उपाधि सगै जदाह क्लवले नगद ७५ हजार रुपैँया प्राप्त गरेको छ । उपबिजयी टिम धरानले नगद ४५ हजार रुपैँया प्राप्त गरेको छ । खेलमा ३÷३ गोल भएपछि खेलको निर्णय ट्राईब्रेकरमा गरिएको हो ।
जसमा जहदा ४–३ गोलले बिजयी भएको हो । प्रतियोगितामा खेलमा जहदाका लीलाराम मगर, सन्तोस राई र डेनिस राईले गोल गर्नुभएको थियो भने धरानका लागि राज सुनुवारले दुई गोल तथा सतिस केसीले गोल गर्नुभएको थियो ।
खेलको उत्कृष्ट गोल रक्षक दे वकान्त सिंह, त्यस्तै सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोल कर्ता जदाहका खेलाडी डेमिन राई हुनुभयो उहाँहरुले जनही नगद ८ हजार प्राप्त गर्नुभयो ।
बिजयी उपबिजयीलाई संघिय सांसद एलपी साँवा लिम्बूले ट्रफ तथा प्रमाणपत्र प्रदान गर्नुभयो । शिवसताक्षीको दूधे रंगशालामा सञ्चालन प्रतियोगितामा भारतको एक टिम र नेपालका ७ टिमको सहभागीता रहेको थियो ।