कनकाई अनलाईन
कनकाई नगरपालिकाले नगरक्षेत्रका ९४ जना कृषकलाई निशुल्क सिचाई मोटर प्रदान गरेको छ ।
नगरका ९ वटै वार्डबाट छनौट भएका निम्न वर्गका मौसमी खेती गर्ने कृषक छनौट गरि निशुल्क मोटर प्रदान गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
नगरप्रमुख पोखरेल, उपप्रमुख मन्जु प्रसाई, वडाअध्यक्ष प्रेम राजवंशी लगायातले बिहिवार कृषकलाई निशुल्क मोटर प्रदान गर्नुभएको हो ।
कृषि मोटरका कारण वेमौसमी खेतीका लागि सिचाई मद्धत मिलेको कृषक सुर्य संग्रौलाले बताउँनुभयो । नगरपालिकाले कृषि क्षेत्रलाई सबैभन्दा महत्व दिएर बजेट र कार्यक्रम बनाएको नगर प्रमुख पोखरेलले बताउँनुभयो । कृषि मोटर प्रदानका लागि कृषि तथा पशुपालन उद्यमशीलता परियोजनाबाट प्राविधिक सहयोग हेफर नेपाल र सहयोग अभियान नेपालले गरेको थियो । मोटर वितरण कार्यक्रममा वार्ड सदस्यहरु छवि थपलिया, रोषन सुवेदी लगायातको उपस्थिति रहेको थियो ।