Kanakai Online

सुरुङ्गामै खुल्यो मुस्लिम होटल


बिहिवार, चैत १०, २०७८ |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा पहिलो मुस्लिम होटल अलि तन्दुरी एण्ड लज संचालनमा आएको छ ।
कनकाई नगरपालिका ३ पूर्व बसस्टेण्ड छेउमै रहेको उक्त होेटल झापा गाउँपालिकाका मुस्तफा मियाले संचालनमा ल्याएका हुन । कतिपय मुस्लिम धर्मगुरु र धर्मलम्बीहरु मदिरा विक्री गर्ने होटलहरुमा खान र बस्न मन पराउदैनन उनीहरुको सुविधालाई मध्यनजर गर्दै सुरुङ्गामा खान र बस्न पाउने सुविधासहित होटल संचालनमा ल्याएको होटलका संचालक मुस्तफाले बताउँनुभयो । उक्त होटलको उदघाटन यस क्षेत्रका संघिय सांसद एलपी साँबा लिम्बुले गर्नुभयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख मानबहादुर जिम्बा, एमाले युवा नेता विशाल खनाल लगायातको आथित्यता रहेको थियो ।

होटलमा मुस्लिम तथा ग्रह मुस्लिम समुदायका लागि मनपर्ने परिकारहरु तन्दुरी, दाल फ्राई,तन्दुरी रोटी, खाना,बिरियानी चिसो तातो पेय पदार्थको सुविधा रहेको र स्पेशल मुस्लिम सेफद्धारा खानाको परिकार बनाइने समेत संचालक मुस्तफाले बताउँनुभयो ।