कनकाई अनलाईन
सुरुङ्गा , भदौ १६ गते । आगामी भदौ ३१ गतेदेखि कनकाई नगरपालिका सुरुङ्गामा मेयरकप फुटबल हुने भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा स्थानीय कनकाई माविको खेल मैदानमा असोज ७ गतेसम्म हुने प्रतियोगितामा झापाका ८ नगरपालिकाविच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ज्योतीकुमार उप्रेतीले जानकारी दिनुभयो ।
कनकाई कप नाम दिएको सो प्रतियोगिता झापामा ८ नगरपालिका घोषणा भएदेखिनै गतवर्षदेखि सुरु भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५ हजार र द्रोस्रो हुने टिमले ५५ हजार पाउने आयोजकले जनाएको छ ।
गतसालको भन्दा यस वर्षको पुरस्कार राशिमा ५÷५ हजार वृद्धि गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार कनकाई नगरपालिकाले दिदै आएको छ ।
खेल संचालनका लागि राजेन्द्र उप्रेतीको संयोजकत्वमा मुल आयोजक समिति समेत निर्माण गरिएको छ ।
प्रतियोगितामा आयोजक कनकाई नगरपालिका सहित , विर्तामोड , अर्जुनधारा , मेचीनगर , शिवसताक्षी , दमक , गौरादह र भद्रपुर नगरपाकिाको टिमले प्रतियोगितामा भाग लिदै छन । आयोजक टिमलाई अझ ससक्त बनाउन हालै वार्डस्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई प्रशिक्षक सन्त रायमाझिले प्रशिक्षण दिदै हुनुहुन्छ ।