कनकाई अनलाईन
नेपाल निजामती कर्मचारी संगठन झापाका संगठक स्वर्गीय प्रमोद तामाङको स्मृतिमा उत्कृष्ट ३ व्यक्तित्व सम्मान गरिएको छ ।
संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटाको प्रमुख आतिथ्यमा उत्कृष्ट राष्ट्र सेवक सम्मानबाट एकेन्द्र ढकाल तथा चन्द्रकला निरौलालाई नगद १० हजार १५१ रुपैया सहित सम्मान गरिएको थियो भने शुसासन पत्रकारिता पुरस्कारबाट पत्रकार माया पकुवाललाई नगद ५ हजार १५१ रुपैयाले सम्मान गरिएको हो ।
संगठनका झापा अध्यक्ष केदार पोखरेलको अध्यषतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष निरोज पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सम्मानित व्यक्तित्व माया पकुवाल, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल, पेशागत महासंघका महासमिति सदसय देवराज कार्की लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।