Kanakai Online

एमाले नेता कार्यकर्ताले भोटका लागि कसम खुवाएको गम्भिर आरोप


सोमवार, चैत ७, २०७८ |

कनकाई अनलाईन
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेका नेता कार्याकताहरुले विभिन्न मठ मन्दिरमा कार्यक्रम राखि मतदातालाई कसम खुवाउने गरेको आरोप माओवादी केन्द्रले लगाएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला संयोजक अग्नि र सचिव मोहन टडुले एमाले नेता कार्यकर्ताले मतदाताहरुलाई धार्मिक आस्थामाथि प्रहार गर्दै मन्दिरमा कसम खुवाउदै उनीहरुको इमान्दारिता र सोझोपनको फाइदा उठाउदै धार्मिक आस्थाको फाइदा उठाउने, मुस्लिम समुदायका मतदाताहरुलाई कुरानको कसम खुवाउन लगाउने जस्तो घृणित र मानवअधिकारको अति तल्लो स्तरमा गिरेर चुनावी तयारी गरिरहेको भन्दै यस्तो कार्य रोक्न आग्रह गरेको छ ।


नागरिकलाई आफ्नो मतधिकारलाई स्वाभिमान पूर्वक अभिव्याक्त गर्न पाउने हक अधिकार स्थापनाका लागि लडेर ल्याएको महान गणतन्त्रको न्युनत्तम मुल्य मान्यता भन्दा अलग्गै पुरानै राजा रजैटाको शासन स्थापित हुने गरिको एमालेका नेता कार्यकर्ताहरुको यस्तो खाले निर्लज गतिविधि सच्चाउन र निर्वाचन आयोग र मानवअधिकारवादी, पत्रकारलाई धार्मिक स्थल, मठ मन्दिर गुम्बा र मस्तिजमा यस्ता चुनावी कार्यक्रम रोक्नका लागि पहल गरिदिन आग्रह समेत गरेको छ । न्युनत्तम मानवअधिकारको मुल्य मान्यताको समेत धज्जी उडाउदै यस्ता कार्यक्रम गरिएको भन्दै भ्रमका पछि नलाग्न मतदातालाई माओवादी पार्टीले आग्रह समेत गरेको छ ।