कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मिडिया प्रयोग गरेरै आफ्नो बदनाम गर्न खोजिएको बताउँनुभएको छ ।
कनकाई नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कनकाई नगरपालिकाले दक्षिण कोरियाको येओलियानाम डो र गोहेङगुन पालिकासग समन्वय गरि कनकाई नगरपालिकाले १६ जना युवालाई कृषि तालिमका लागि पढाएकोमा राजधानीका एक टेलिभिजनबाट पिडित भनिएका कनकाई ८ का दिनेश न्यौपाने फर्किएर आएपछि आफु ठगिएको भन्दै मिडियामा कुरा आएपछि नगर प्रमुख पोखरेलले पत्रकार सम्मेलनबाट स्पष्ट्रीकरण दिनुभएको हो । मेयर पोखरेलले कोरिायाको पालिकासगको सहमतिमा मौसमी कृषि प्रशिक्षार्थी कोरिया जादा लाग्ने सबै खर्च कृषक आफैले व्यहोर्नुपर्ने भएकोले खर्च लागेको हुन सक्ने र नगरपालिकाले यस कामका लागि १२ बर्ष काम गरेर नेपाल फर्किएका शुशिल मैनाली र काठमाण्डौका हरिबहादुर फुयाँललाई जिम्मा दिएको बताउँनुभयो । प्लेन टिकट, कोरियामा कोरोना चेक,बिमा वापतको रकम, भिषा शुल्क र क्वारेन्टाइनको होटलको शुल्क तिर्नुपर्दा कृषकको रकम वढी लागेको समेत बताउँनुभएको छ । पत्रकार सम्मेलनमा मेयर पोखरेलले खर्चको विल भौचर समेत देखाउनुभएको थियो । पत्रकार सम्मेलनमा पोखरेलले आफुलाई यस अघि देखिनै एउटा समुह आफ्नो लोकप्रियता जसरी हुन्छ सक्ने अभिप्रायले लागेको र त्यस समुहले सबैभन्दा वढी मिडियाको दुरुपयोग गरेको आरोप लगाउनुभयो । नगरप्रमुख पोखरेलले कोरियाको नगरपालिकासग यस क्षेत्रका कृषकले केहि ज्ञानशीप सिक्ने गरिको वातावरण बनाउदै नगरपालिकाको बोर्ड बैठकबाट पारित गरि वडाको समन्वयमा प्रशिक्षार्थी छनौट गरेको समेत बताउँनुभयो । कोरिया जाने प्रशिक्षार्थीसग भिसा शुल्क, हवाईजहाज भाडा, क्वारेन्टाइन खर्च , मेडिकल बिमा, अभिमुखीकरण र डकुमेन्टेसनको लागि केहि मसलन्द खर्चभन्दा बढी नलिने सर्तमा कनकाई नगरपालिका क्षेत्रका क्रियाशील राजनैतिक दलहरु नेपाली कांग्रेस, एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी, विवेकशील साझा पार्टी, जनता समाजवादी पार्टीबिच पनि सर्वदलिय बैठक बसी सहमति गरेको मेयर पोखरेलले बताउँनुभयो । तर कोरिया जानका लागि प्रशिक्षार्थीले तिरेको रकम सबै भ्रष्टाचार भयो भन्ने आशयको समाचार बाहिर आएको भन्दै नगरप्रमुख पोखरेलले यस्ता समाचारले कोरिायाको पालिका र कनकाई नगरपालिकाको सम्बन्धमै दरार ल्याउने प्रयास भएको बताउँनुएको छ । कोरियाको पालिकासग कनकाई नगरपालिकाले सम्झौता गरि समन्वय मात्रै गरेको भन्दै नगरपालिकालाई मेन पावरकै तरिकाले कुप्रचार गरिएको भन्दै दुख्ख व्याक्त गर्नुभएको छ ।
समाचारका कारण दोस्रो तेस्रो लटमा जाने प्रशिक्षार्थीमा समेत समस्या आउन सक्ने नगरप्रमुख पोखरेलले बताउँनुभयो । गएका १६ जनामध्ये १ जना मेडिकलमा समस्या आएर फर्किएको र बाकी १५ जना तोकिए अनुरुपकमै काममा रहेको समेत नगरप्रमुख पोखरेलले बताउँनुभयो । फर्किएर आएका न्यौपानेले कोरियाको कानुन अनुसार समस्यामा पर्ने देखिएपछि नगरपालिकाकै समन्वयमा नेपाल फर्काएको भन्दै नगरप्रमुख पोखरेलले न्यौपानेले सिंगो नगरपालिकाकै इज्यात दाउँमा राखेर भ्रमित खबर मिडिया मार्फत सामाजिक संजालमा फैलाएको नगरप्रमुखले बताउँनुभयो । मिडियामा आएको जस्तो फोन उठेन भन्ने कुरामा समेत कुनै सत्यता नभएको बरु आफुले पटक पटक फोन गर्दा पनि पछि कुरा गरौला भनिएको समेत नगरप्रमुख पोखरेलले बताउँनुभयो ।