सिएम शर्मा
कनकाई नगरपालिका वडा नम्बर ४ शान्ति टोलमा निर्माण सम्पन्न भई शुक्रबार उद्घाटन गरिएको सडक कनकाईकै नमुना सडक भएको बताइएको छ ।
स्थानीय उपभोक्ता , कनकाई नगरपालिका वडा नं। ३ र ४ साथै नगरपालिकाको साझेदारीमा कनकाई ४ शान्तिटोलको पश्चिम तर्फ लक्ष्मी मार्गबाट पुर्व तर्फ कनकाई ३ को योगमाया मार्ग सम्म जोड्ने २० फिट चौडा रहेको , कनकाई ४ क्षेत्रमा २२६ मिटर र ३ क्षेत्रमा ७५ मिटर गरि जम्मा ३०१ मिटर सडकमा पेभर्स प्रयोग गरी निर्माण सम्पन भएको सडकको शुक्रबार एक कार्यक्रम बिच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई वडा नं। ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया र वडा नं। ४ का अध्यक्ष गोविन्द पौडेलले संयुक्तरूपमा रिवन काटी उद्घाटन गर्नुभएको हो ।
शान्ति टोल १ नम्बर मार्ग निर्माण समितिले झण्डै ३२ लाख२©०को लागतमा संपन्न गरेको मार्ग निर्माणका लागि स्थानिय उपभोक्ताबाट ७ लाख ६६ हजार आठ सय , नगरपालिकाबाट ५ लाख ७० हजार , कनकाई ३ बाट २ लाख ५० हजार र कनकाई ४ बाट १५ लाख ५० हजार प्राप्त भएको थियो । उक्त मार्ग स्थानीय युवाहरुबाट संचालित एबीसी कंक्रिट एण्ड कन्ट्रक्सन प्रालिको सल्लाह र सहयोगमा उपभोक्ता समितिले निर्माण गरेकोे हो ।
सडक उद्घाटन पछि बोल्दै नगर प्रमुख पोखरेलले शान्ति टोलले गरेको कामको प्रशंसा गर्दै शान्ति टोल १ नम्बर मार्ग नगरमा पेभर्सबाट बनेका अन्य मार्ग भन्दा फराकिलो , लामो साथै उत्कृष्ट भएको र नगरकै नमुना रहेको भन्दै टोल भित्रका अरु सडक निर्माणका लागि यसले पक्कै पनि हौसला प्रदान गरेको हुनुपर्ने बताउनु भयो । त्यसै गरि वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरियाले शान्ति टोलकै सक्रियताले यश टोल संग जोडिएको ७५ मिटर सडक ३ मा पनि निर्माण भएको बताउनु भयो भने वडा नम्बर ४ का अध्यक्ष गोविन्द पौडेलले वडा ४ मा सबै सडक कच्ची भएको अबस्थामा यो ५ बर्षको अबधिमा सडकको स्तरोन्नति तर्फै लाग्नु परेको जानकारी गराउदै यस्तो अबस्थामा यो मार्ग नमुना मार्ग बनेको र अब अरु मार्ग पनि यसरिनै बनाउदै जाने बताउनु भयो ।