Kanakai Online

दुर्गापूरमा तीन महिने इलोक्ट्रोनिक्स तालिम शुरु


बुधवार, भदौ १४, २०७४ |

कनकाई अनलाईन ।
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा तीन महिने आधारभूत इलेक्ट्रोनिक्स मर्मत सम्बन्धि तालिम सुरु भएको छ ।
नेपाल उद्यमशील महिला संघ तथा व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजना तथा जामुनखाडी सिपविकासकेन्द्रको संयोजनमा भइरहेको तालिममा यस क्षेत्रका ५ महिला सहित २७ जना प्रशिक्षार्थीहरु सामेल छन ।
तालिमको उदघाटन कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गर्नुभएको हो । उहाँले तालिमको उदघाटन गर्दै तालिमबाट सिकेका ज्ञानशिपलाई व्यावहारमा उतार्दै स्वरोगारी बन्न युवालाई सुझाव दिनुभयो ।
उद्यमशील बन्न चाहने जो कोहीपनि युवालाई नगरपालिकाले मद्य तगर्ने छ उहाँले भन्नुभयो । नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीको सभापतित्व तथा महासचिव सावित्रा दाहालको संचालनमा सम्पन्न उदघाटन कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , उद्यमी महिला संघकी केन्द्रीय सदस्य मेनुका मैनाली , कनकाई नगरपालिका वार्डनम्बर ७ का वडाअध्यक्ष लीलाबहादुर कन्दङवा , नेपाल राष्ट्रिय वाणिज्य महासंघ विर्तामोडका अध्यक्ष सुवास भट्टराई , लायन्स क्लव अफ विर्तामोडका अध्यक्ष ओम विमली ,सुरुङ्गा जेसिजका भीम भट्टराई , इभिलेज सेवा केन्द्रका प्रवन्धक अमृत योङ्गहाङ्ग लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खबर