Kanakai Online

सुस्त मनस्थितिका विद्यार्थीसग कनकाई लायन्सको होलि मिलन


शुक्रवार, चैत ४, २०७८ |

कनकाई अनलाईन
कनकाई माध्यमिक विद्यालयका सुस्त मनस्थिति बहिरा बिद्यार्थीहरुसग अघिल्ला बर्षहरुमाकोझै लायन्स क्लव अफ कनकाई सुरुङ्गा र लियो क्लव अफ कनकाई सुरुङ्गाले होलि मिलन गरि यसबर्षको होलि मनाएको छ ।


लायन्सको आयोजनामा स्थापनाकालदेखिनै उनीहरुसग सगै मिठो खानेकुरा खाएर लायन्सले होलि मिलन गर्दै आएको लायन्सका अध्यक्ष साजन थापाले बताउँनुभयो । कनकाई माध्यमिक विद्यालयको छात्रवासमा रहदै आएका २८ जना विद्यार्थीसग रङ्ग दल्दै खुुसी साटासाट गरि मनाइएको लायन्सका संजय गजुरेलले बताउँनुभयो ।

सो अवशरमा लायन्सका सदस्यहरुले सगै खाना खानुको साथै उनीहरुलाई कपडा र खेल्ने सामाग्री समेत प्रदान गरिएको थियो । होलि मिलन कार्यक्रममा लायन्सका पुर्व अध्यक्ष रुपनारायण खतिवडा, निर्वतमान अध्यक्ष मनोज बस्नेत, डिआर सुवेदी, मानबहादुर दाहाल, संदिपबाबु प्रसाई, लियोका अध्यक्ष योगेस बस्नेत , सरोज ठाकुर लगायातको उपस्थिति रहेको थियो । होलि मिलनमा कनकाई माविका प्रअ कर्णबहादुर डाँगी लगायातको समेत सहभागिता रहेको थियो ।