कनकाई अनलाईन
आफुले २०७४ सालको निर्वाचनका वेला जनतामाझ गरेका अधिकांस घोषणा पूरा गरिसकेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभएको छ । बुधबार कनकाई ९ घैलाडुब्बामा कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै लैजाने उद्देश्यले पशुहरुको विमा कार्यक्रमको उदघाटन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पोख्रेलले आफूहरूले निर्वाचनका समयमा नै कनकाईमा विकास निर्माण ,कृषि , शिक्षा , स्वास्थ्य विजुलि , खानेपानी जस्ता कामलाई प्राथमिकतामा राखेर नै अगाडी बढीरहेकोे नगर प्रमुख पोख्रेलले निर्वाचनका समयमा जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा हुँदै गएको नगर प्रमुख पोख्रेलले बताउनुभयो ।
कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै आएको नगरपालिकाले पशु विमा सुरु गरेको गरेको हो बताउँनुभयो ।
कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा संचालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गतको पशु विमा कार्यक्रम कनकाई ९ घैलाडुब्बाबाट सुरु गरेको हो । नगर प्रमुख पोख्रेलको रोहबरमा हिमालयन इन्सोरेन्स कम्पनी विर्तामोडका प्रतिनिधि र परियोजना अन्तर्गतका प्रतिनिधि विच कनकाई नगरपालिकामा गत १५ दिन अगाडी सम्झौता भए बमोजिम विमा अभियान सुरु हिजोबाट सुरु गरिएको नगर प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
कृषि तथा पशुपालनलाई नै मुख्य व्यवसाय बनाउँदै आएका कनकाई नगर क्षेत्रका कृषकहरुलाई लक्षित गरी नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र अभियान नेपालसँगको साझेदारीमा पाँच करोडको कार्यक्रम संचालनमा ल्याई नगरका सबै वडाका कृषकलाई आफ्ना घरमा पालिएका पशुको विमा गरि सुरक्षित रहन सम्पूर्ण नगरवासिमा आग्रह समेत गर्नुहुन्छ । यस कार्यक्रमबाट वास्तविक कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिएको नगर प्रमुख पोख्रेलको भनाई छ । पशुधनको विकास अनि संरक्षणकालागि यस अघि पनि कनकाई नगर क्षेत्रमा सप्ताह व्यापी पशुस्वास्थ्य शिविर संचालन भइसकेको नगर उप प्रमुख मन्जु प्रसाईंले जानकारी दिनुभयो । यसै गरी पशु स्वास्थ्य विमाको कार्यक्रमलाई पनि अभियानका रुपमा अघि बढाइने लक्ष्य रहेको नगर प्रमुख पोख्रेलको भनाई छ । आफ्नै भूमिमा केही गर्न चाहने नगरवासीले अब विदेशिनु नपर्ने व्यवस्थाकालागि कनकाई नगरपालिकाले नगर समृद्धिका थप योजना अघि सारेको नगर प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।
कनकाईको पशु विमा कार्यक्रमकालागि संघीय सरकारबाट ८० प्रतिशत प्रिमियम अनुदानमा उपलव्ध हुने छ भने कनकाई नगरपालिकाबाट थप एक लाख रुपैंयाँ बराबरको प्रिमियम अनुदानमा व्यवस्थापन गरीएको परियोजनाका प्राविधिक संयोजक जीवन सुवेदीले जानकारी दिनुभयो । यस आधारमा एउटा पशु चौपायको एक लाख बराबरको बिमा गर्दा कृषकले ६ सय ५० रुपैंया मात्र बुझाउँनु पर्ने गरी व्यवस्था भएको प्राविधिक सुवेदीको भनाई छ।
यसैबिच कनकाई वडा न. ४ बाट आर्थिक विपन्नता हटाउने उद्देश्यले नगरपालिकाले विभिन्न कृषकहरुका लागि च्याप्कटर र बाख्रा तथा पशु पालनका लागि विभिन्न सामग्री वितरण गरेको छ । कनकाई नगर भित्रका सबै वडाका फम तथा ठु– ठुलाव्यवसगर्नेहरुलाई लक्षित गरि नगरपालिकाले वितरण गरेको सो सामग्री न्युन आय भएका परिवारलाई वितरण गर्दै जाने नगर प्रमुख पोख्रेले जानकारी दिनुभयो ।
कोरोना महामारी पछि धेरै नागरिक घरमै खेती किसानी गर्नेको संख्या बढे पछि व्यावसायीक पशुपालनलाई नगरपालिकाले जोड दिएको हो ।
नगरापलिकाले अति विपन्नलाई निशुल्क र मद्य्यम वर्गका मानिसहरुलाई भने च्याप्कटरमा २० प्रतिशत साझेदारीमा वितरण गरिएको वडा न. ४ का अध्यक्षं गोबिन्द पौडेलले जानकारी दिनु भयो।
यस अगाडी विभिन्न समयमा बंगुरका पाठा, च्याप्कटर, बाख्रा र बाख्राको दानाको लागि डुड वितरण , कृषिकहरुलाई बिउ, दबाई छित्ने टयाग्कि लगायतका सामाग्रीहरु वितरण गरिएको नगरपालिकाले जनाएको छ ।