शरणामती।झापा गाउँपालिका ३,६ र ७ वडालाई कार्यक्षेत्र बनाई सञ्चालीत रानी सामुदायिक बनमा नयाँ कार्य समिति चयनका लागि चुनावी दौड सुरु भएको छ।आज मंगलबार भएको उम्मेदवारी मनोनयन पछि सर्वसम्मत हुन नसक्दा उम्मेदवार विच चुनावी दौड सुरु भएको हो।
रानीबनमा नयाँ कार्य समितिमा अध्यक्षका आंकाक्षी दुई जना देखिएका छन् ।निवर्तमान अध्यक्ष समेत रहेका नरेन्द्र आङदम्बेले नेपाली काँग्रेस प्यानलबाट उम्मेदवारी दिएपछि नेकपा एमाले र राप्रपा गठबन्धनबाट रामप्रसाद उप्रेतीले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।अघिल्लो चुनावमा समेत चार भोटले आङदम्बे सँग पराजय भएका उप्रेती पुन: चुनावी मैदानमा उत्रेका छन् ।
यता नेपाली काँग्रेसले भने रानी सामुदायिक बनको नेतृत्वका लागि प्रमुख चार पदमै आफ्ना उम्मेदवार उतारेको छ।काँग्रेसका तर्फबाट उपाध्यक्षमा प्रेम गणेश सचिवमा संजीता खड्का र कोषाध्यक्षमा कल्पना कार्की रहेको नेकाका झापा गाउँपालिका समितिका उपसभापती सखीचन्द्र ठाकुरले बताए।त्यस्तै नेकपा एमाले र राप्रपा गठबन्धनबाट उपाध्यक्षमा कुमार बोहोरा,सचिवमा रमा कार्की,कोषाध्यक्षमा सीता भण्डारी रहेको राप्रपाका झापा गाउँपालिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए। प्रमुख पाँच पदमा आफ्नो दावी दिएको नेपाली काँग्रेस र एमाले राप्रपा गठबन्धनमा सह-सचिव पदमा भने सहमत भएका छन् ।
नेकाले सह-सचिवमा चन्द्रप्रसाद खरेललाई उतारेको थियो।त्यस्तै गठबन्धनले अशोक गणेशको उम्मेदवारी दर्ता गराएको थियो।खरेल व्याक भए सँगै गठबन्धनबाट गणेश सह-सचिव पदमा निर्विरोध चयन भएका छन् ।
यता माओबादी केन्द्रले भने लेखा संयोजक पदका लागि रामकुमार खरेल र लेखा सदस्यमा टेकेन्द्र बराललाई उम्मेदवारी दिएकोमा माओवादी केन्द्रबाट दुबैजना निर्विरोध चयन भएका छन् ।
विभिन्न पदमा आकांक्षी बनेका उम्मेदवार बिच यही फागुन १३ गते चुनाव हुने कार्यतालीका रहेको निर्वाचन समितिका संयोजक केशब बजगाईले बताए।