शरणामती।झापाको झापा गाउँपालिकामा राप्रपाले अमेरिकी सहयोग एमसिसीका विरुद्द प्रदर्शन गरेको छ।झापा गाउँपालिका -६ शरणामतीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा गाउँपालिका समितिले एमसीसी विरुद्द राँके जुलुस कार्यक्रमको आयोजना गरेको हो।
सोमबार साँज ७ बजे हातमा राँको बोकेर एमसीसी मुर्दाबाद,एमसीसी खारेज गर,दुई जिब्रे नेता मुर्दाबाद,राजतन्त्र जिन्दाबादको नारा लगाउदै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीको राँको सुरक्षाकर्मीले निभाएका थिए।राँको सुरक्षाकर्मीले निभाएपनी प्रदर्शनकारीको नारा भने रोकिएको थिएन।राप्रपाले नारा लगाउँदै बजार परिक्रमा गरेर पुन: चौकमा कोण सभा गरेको थियो।
कोण सभामा बोल्दै राप्रपाका झापा गाउँपालिका समिति सचिव भबिन्द्र भण्डारीले एमसीसी जस्तो भ्रष्ट कदम नेपालीलाई स्विकार्य नहुने बताए।उनले दुइजिब्रे नेताले जे भन्यो त्यही अब नेपालमा लागू नहुने ठोकुवा गरे।कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष चन्द्रबहादुर कार्कीले एमसीसीले राष्ट्र र धर्मनै संकटमा पर्न लागेको बताए।उनले एमसीसी नेपालमा लागू हुने बित्तिकै नेपाली र हिन्दु धर्मनै लोप हुने भन्दै धर्म बचाउन समेत एमसीसी खारेज हुनु पर्नेमा जोड दिए।