शरणामती।साना किसान मार्फत कृषि कार्यकालागि इजरायलमा गएर फर्किएका झापाका कृषकहरुले इजरायल प्रशिक्षित साना किसान मञ्च झापा गठन गरेका छन् ।
झापाको गौरादह स्थित महारानीझोडा बीउ उद्योगमा आज शनिबार भएको भेलाले इजरायल प्रशिक्षित साना किसान मञ्च झापा गठन गरेको हो ।
इजरायलमा गएर कृषिसम्बन्धी काम तथा तालिम लिएर फर्किएका झापाका कृषकहरुलाई एकै स्थानमा जोड्न संगठित गरिएको इजरालमा कृषि सम्बन्धी तालिम तथा काम गरेर फर्किएका झापा गाउंपालिका ३ स्थित रगंपुर मा व्यवसायीक केरा खेती गर्दै आएका कृषक चन्द्र प्रसाद बस्नेतले बताए ।
उनका अनुसार मंचको अध्यक्षमा हेमराज विष्ट, उपाध्यक्षमा होमनाथ गौतम, सचिव चन्द्रबहादुर बस्नेत, सहसचिव बिसन बस्नेत र कोषाध्यक्षमा बिन्दा निरौला रहेका छन् ।त्यस्तै सदस्यहरुमा दिपेश थापा, पवन न्यौपाने,दिवराज ढुंगाना, बसन्तादेवी चेम्जोङ, रुपा राई र आशिष खनाल रहेका छन् ।
नव गठित मंचको कार्यालय गौरादह ६ मा रहने बताइएको छ । स्वदेश फर्किएर पनि धेरै जना रुचि हुंदा हुंदै पनि एक्लो हुंदा कृषि कर्ममा नलागेको तथा धेरै जनाले आफुले सिकेको सिपको सदुपयोग नगरिरहेको सन्र्दभलाई जोड्न पनि मंच गठन गरिएको नव गठित मंचका सचिव बस्नेतको भनाई छ ।


