शरणामती।सन्थाल समूदायले वर्षेनि मनाउने विदु चन्दन पर्व यसपालि झापा गाउँपालिकामा धुमधामका साथ मनाइएको छ।हरेक वर्ष माघी पुर्णीमामा मनाइने यो पर्व यसपालि झापा गाउँपालिकामा मनाइएको हो।
सन्थालले मनाउने यस पर्वमा विदु चन्दन ज्ञान,बुद्दी,शिक्षा दिने देउताको नाम हो।विदु चन्दनको पुजा हरेक वर्ष माघी पुर्णीमामा हुन्छ।यस पर्व दुई दिन सम्म धुमधामका साथ मनाइन्छ जाहेर थान माझ्ही थान झापा-७ मदरगाछका अध्यक्ष दलकुमार हेमरमले बताए ´दुई दिन सम्म मनाइने यस पर्वमा पहिलो दिन जाहेर थान र माझ्ही थान स्थापना गरिन्छ।थानको स्थापना गरेपछि भजन कृतन गरि विधि पुर्याई कलश यात्रामा गइन्छ।नजिकैको खोलामा गएर कलशमा पानी ल्याएर थानमा राखिन्छ।त्यस रात रातभरी जाग्राम बसिन्छ।त्यस्तै दोस्रो दिन कलशमा ल्याएको पानीलाई थानमा चढाइन्छ त्यसपछी प्रसाद र फलफूल ग्रहण गरि यो पुजा समापन हुने गर्दछ।
झापा,मोरङ र सुनसरीमा मात्र बसोबास गर्ने सन्थाल समुदायले प्रत्येक वर्ष हुने यस पर्व झापा,मोरङ,सुनसरीका विभिन्न स्थानमा आयोजना गर्ने गरेको जाहेर थान माझ्ही थानका केन्द्रीय अध्यक्ष बुद्दीलाल सोरेनले बताए।यस पर्वको आयोजना प्रत्येक वर्ष फरक-फरक ठाउँमा हुने गर्छ ।यसपाली झापा गाउँपालिकामा गरियो यहाँ झापा,मोरङ,सुनसरी सबै क्षेत्रका सन्थाल परिवारको जमघट छ उनले भने।सन्थाल संस्कृती,परम्पराको संरक्षण गर्न यो पर्व अत्यन्तै महत्वपूर्ण पर्व हो।यो पर्व नगरी सोरहाई पर्व समेत शुद्द नहुने सोरेनको भनाई छ।


