Kanakai Online

समृद्धि बहुउद्देश्यीय सहकारीको प्रथम साधारण सभा सम्पन्न


मङ्गलवार, माघ २५, २०७८ |

शरणामती।झापा गाउँपालिका-६ शरणामती बजारमा रहेको समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ।मंगलबार वडा ६ को सभाहलमा साधारण सभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष मनोज ताम्लीको अध्यक्षता र वडा नम्बर ६ का वडाध्यक्ष हरी बहादुर बानीयाँको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा अध्यक्ष ताम्लीले वार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए।

ताम्लीले वार्षीक प्रतिवेदन प्रस्तुत गर्दै “सहकारीमा स्थानीय युवाहरुको सहभागीतामा वृद्धि,उद्यमशीलता मार्फत हुनेछ आर्थिक समृद्धि” नाराका साथ सहकारीको परिकल्पना गरिएको बताए।

अध्यक्ष ताम्लीले प्रस्तुत गरेको प्रतिवेदन जस्ताको तस्तै

आदरणिय शेयर सदस्य महानुभावहरु, सदस्यहरुको आर्थिक स्थिति बृदि गर्नका लागि स्थापित यस समृद्धि बहुउद्देश्यीय सहकारी संस्था सयौ सदस्यलाई प्रत्यक्ष सेवा दिइरहेको छ। विभिन्न क्षेत्र र समुदायका सदस्यहरु आ-आफ्नो व्यक्तिगत तथा समाजिक क्षेत्रमा आवश्यकता पूरा गर्न सामुहिक रुपमा एकजुट भएर सहकारिको माध्यम बाट समाधानको उपाय खोजिरहेका छन् । जनस्तरमा सहकारिप्रतिको बढ्दो लोकप्रियताका कारण राज्यद्वारा क्रमश सहकारिलाई सम्बोधन गर्न सुरु गरेको छ । यसै शिलशिलामा यस संस्थाले गरेका केहि र आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रमहरु संक्षेपमा प्रश्तुत गर्न चाहान्छु ।

१ संस्थाको परिकल्पना (vision)

“सहकारीमा स्थानिय यूवाहरुको सहभागितामा वृद्धि, उद्यमशीलता मार्फत हुनेछ आर्थिक समृद्धि” नाराको साथमा झापा गाउपालिकाका स्थानिय यूवाहरुद्वारा स्थापित सहकारी संस्था हो

२ संस्थाको ध्येय

स्थानियको छरिएर रहेको पुजीलाई एकिकृत गर्दै सीप र क्षमताको विकास गरी उत्पादनमूलक कार्यमा लगाउने ।

३ संस्थाको लक्ष्य

झापा गाउँपालिका भित्र रहेको स्रोत साधानको प्रयोग गरी कृषि, लघु उद्योग तथा उत्पादनमूलक कार्य मार्फत आर्थिक वृद्धिमा जोड दिने ।

आ. व. ०७७/०७८ मा भए गरेको संक्षिप्त कार्यविवरण

१. शेयर सदस्यहरु

यस समृद्धि बहुउद्देश्यीय सहकारि संस्था झापा गापाको सहकारिको क्षेत्रमा विभिन्न क्षेत्र र पेशामा आबद्ध व्यक्तिहरु द्वारा स्थापीत संस्था हो । आव ०७७/०७८ मा २४५ शेयर सदस्य रहेको र आ. व. ०७८/०७९ मा कुल सदस्य संख्या ५०० पुर्याउने लक्ष रहेको छ ।

२.सेयर पुँजी

संस्थाको मेरुदण्ड नै सेयर पुँजी भएकोले ३५ जना सेयर सदस्यबाट २०७७ सालमा स्थापित यस संस्थाका आ. व. ०७३/०७८ मा १९,८३,७०० अक्षेरुपि उन्नाइस लाख त्रिरासी हजार सात सय मात्र रहेकोमा आ. व. ०५८/०७९ मा ४०,००,००० अक्षेरुपि चालिस लाख पुर्याउने लक्ष्य रहेको छ । जसको लागि सेयर सदस्यहरुमा सेयर बुद्धी को लागि अपिल गर्ने ।

३.निक्षेप हिसाब

संस्थालाई परिचालन गर्नको लागि चाहिने अर्को पुजी निक्षेप हो सदस्यहरुबाट दैनिक मासिक वार्षिक कमिक रुपमा संकलन हुने निक्षेप सदस्यहरुको उन्नति र प्रगतिको आधार हो आव ०७७/०७८ मा २५,१७९४६ अक्षेरुपि पच्चिस लाख सत्र हजार नौ सय छयालिस रुपैया रहेकोमा यस आ व ०७८ / ०७९ मा रु ७५,००,००० अज्ञेरुपि पचहत्तर लाख पुर्याउने लक्ष लिएको छ

४.ऋण लगानि

सेयर सदस्यहरुको माग बमोजीम विभिन्न शिर्षकमा आब ०७७/०७८ मा ३५,६१,०७३ कर्जा लगानि गरिएको छ र आव ०७८/०७९ मा १,००,००,००० पुर्याउने लक्ष रहेको छ ।

आ.ब. ०७७/७८ का प्रस्तावित योजनाहरु

१) सेयर सदस्य वृद्धि तथा संस्थाका सेयर सदस्यहरुको वित्तिय तथा व्यसायिक बुद्धि विकास को लागि सिपमुलक कार्यक्रम संचालन गर्ने
(२) उत्कृष्ट सेयर सदस्य तथा कर्मचारीलाई उचित उत्प्रेरणा दिने
३) बचत अभिवृद्धि तथा कर्जा लगानिलाई व्यापक रूप दिने । ४) आर्थिक रुपमा कमजोरि सेयर सदस्यहरुको पहिचान गरि विभिन्न किसिमका सिपमुलक तालिम दिदै आर्थिक स्थिति मा सुधार गर्दै लैजाने

५) कार्यक्षेत्रलाई अझ व्यापकता दिदै एक घर एक सहकारि संग हातेमालों गर्दै जाने ।

६) इच्छुक शेयर सदस्यहरुलाई सहकारी भ्रमण गराइनेछ ।

७) प्रत्येक शेयर सदस्यहरुलाई न्युनतम १० कित्ता शेयर खरिद गर्नुपर्ने नितिलाइ अझ शसक्त रुपमा लागु गर्ने ।

संस्थाका सचिव दिल रायाले स्वागत गरेको कार्यक्रमको संचालन सुब्रतचन्द्र राईले गरेका थिए।सभामा समाजसेवीहरु अन्जु थपलिया,बसुन्धरा थपलिया लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथि बानीयाँले शुभकामना मन्तव्य राख्दै सहकारीको उज्जल भविस्यको कामना गरे।

सम्बन्धित खबर