Kanakai Online

शान्ति टोलको साधारणसभा सम्पन्न , उदाहरणीय टोल बन्यो :- वडा अध्यक्ष पौडेल


शनिवार, माघ २२, २०७८ |

सिएम शर्मा / सुरुङ्गा
नगरिकका लागि सबै भन्दा नजिकको सरकार स्थानिय सरकार वडा समिती मातहतको टोल समीती देशभरका सबै वडामा गठन भैसकेको भए पनि सबै टोल समीतिहरु चलायमान भएका छैनन् । टोल समितीले अाफ्नो काम कर्तब्य र क्षेत्राधिकार केकति हो भन्ने नबुझेर हो यात अौपचारिकता पूरा गर्न टोल समिति गठन गरेर वडाका जनप्रतिनिधिनै हावी भएर हो धेरै टोल समितिहरु निस्कृय नै देखिन्छन् ।

धेरै टोल समितिहरु नाम मात्रैका भए पनि केही टोल समितिले भने सक्रियता देखाउदै अाफ्नो क्षेत्राधिकार भित्र रहेर समितिको काम र कर्तव्यबोध गर्दै उदाहरणीय काम पनि गरेका छन । यस्तै उदाहरणीय काम गर्ने एउटा उदाहरण  टोल समिति हो झापाको कनकाई नगरपालिका वडा नं. ४ मा रहेको  शान्ति टोल विकास समिति ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि अाइसकेपछि २०७६ फागुन १२ गते कनकाई वडा नं. ४ की वडा सदस्य देविमाया दाहालको अध्यक्षता साथै वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलको अातिथ्यतामा सम्पन्न शान्ति टोल वासीको भेलामा अग्रज , बुद्धिजीवी , सेवानिवृत शिक्षक दुर्गाप्रसाद चापागाईंलाई अध्यक्षको जिम्मेवारी दीदै ९ सदस्यीय टोल समिति गठन प्रक्रिया पूरा भएको थियो ।

टोल समिति गठन लगतै समितिले टोल विकासका योजना हरु ल्याउन नपाउदै विश्वभरि फैलिएको कोरोना महामारी त्रासको चपेटामा समिति नपरेको  पनि हैन तथापि यश विषम परिस्थितिमा पनि समितिले स्वास्थ्य मापदण्ड अपनाउदै वडा र नगर बाट अाएको निर्देशन पालना गर्दै घरघरमा मास्क बितरण साथै अति बिपन्न परिवारलाई सरकारले दिने राहातको लागि छनौट गरि सिफारिस गर्ने जस्ता कर्यहरुमा सरिक हुँदै पाइला अगाडि सार्न सुरु गर्यो ।

फलस्वरूप टोल समितिले कोभिड महामारी संग जुद्धै संस्था संचालनका लागि अावाश्यक बिधान वनाई २०७७ श्रावण ३२ गते शान्ति टोल विकास संथाको नामबाट दर्ता प्रक्रिया समेत पूरा गर्यो ।
संस्थाले टोलमा अाएका अनेकौं चुनौतिहरुको सामना गर्दै टोल विकासको लागि अहोरात्र समय दिदै २०७८ माघ २१ गते शुक्रबार टोल परिसर भित्रै रहेको श्री कृष्ण परोपकार संस्थाको भवनमा पहिलो साधारणसभा सम्पन्न गरेको छ । 

सभामा अध्यक्ष दुर्गाप्रसाद चापागाईंले तयार पार्नुभएको अध्यक्षको प्रतिवेदन कारणवस चापागाईंको उपस्थिति हुन नसके पछि संस्थाका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष भवानि शंकर निरौलाले प्रस्तुत गर्नु भएको थियो । 

संथाले हालसम्म नगर र वडाबाट अाएका निर्देशन पालना गर्दै अाफ्ना विकासका योजनाहरु सम्पन्न गर्दै जाने क्रममा भुमिहिन, सुकुम्बासी , अव्यवस्थित बसोबासको डाटा संकलन गरि वडामा पठाउने ,घर नं. छुटेको डाटा वडामा पठाउने , वैदेशिक रोजगारिमा रहेकाको यथार्थ तथ्यांक र बिवरण संकलन , टोल भित्रको शैक्षिक गतिविधि र तथ्यांक संकलन , जेष्ठ नगरिक साथै सामाजिक सुरक्षा भत्ताप्राप्त गर्ने हरुको तथ्यांक संकलन , अपाङ अशक्त हरुको तथ्यांक संकलन लगायत का अावाश्यक डाटाहरु संकलन गरिएको , कृषकहरुलाई अावाश्यक मल , बीउ ,अौषधि लगायत के र कती अावाश्क पर्छ डाटा संकलन गरि  वडामा पुर्याउने काम गरिएको , प्राप्त बिउबिजन सबै  टोलवासिलाइ वितरण गरिएको , अावश्यकता अनुसार विधुत पोल माग गरिएकोमा केहि प्राप्त भएको र केही हुन बाँकी रहेको  बिषय प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

त्यसै गरि टोलमा रहेका बाटाहरुको रुपरेखा लगभग लगभग सम्पन्न भइ  केही बाटाहरुले सरकारी मापदण्डपूरा गरेको र केही गर्ने प्रकृयामा रहेको साथै स्तर उन्नतिमा पहल गरि क्रमश स्तर उन्नति गर्ने कार्य गरिदै अाएको र शान्ति मार्ग १ लाई नगर संगको ७०/३० को साझेदारिमा २४४ मिटरमा ब्लक लगाउने काम भैरहेको पनि प्रतिवेदनमा प्रस्तुत गरिएको थियोे ।

शान्ति टोललाई उज्यालो टोल वनाउने योजनाले ट‍ोल भरि ७० थान सडक बत्ती जडान गरि टोल उज्यालो अभियान चलाएको र निरन्तर मर्मत संहार गर्दै कसरी दिगो वनाउन सकिन्छ भन्ने बिषयमा समेत गम्भीरता पुर्वक लागीरहेको , टोलमा अावाश्यक हेमपाईपको अपवाद बाहेक परिपुर्ति गरिएको , साथै टोलमा हुनेगरेका समस्याको समाधानका निमित्त टोलसमितिले सधै सकरात्मक भुमिका निर्वाह गर्दै अाएको पनि अध्यक्ष द्वारा प्रसतुत प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
टोलमा १३४ घर धुरि रहेको संस्थाले गर्दै अाएका कामलाई निरन्तरता दीदै अागामी दिनमा कृषिका लागि सामग्री समयमा, सरल उपल्ध गराउन सम्बन्धि निकायमा सिफारिस गर्ने , ट‍ोलमा प्रत्येक बर्ष कम्तिमा २५० मिटर बाटो साझेदारिमा ब्लक लगाउन माग गरिने , सामाजिक सुरक्षा भत्ता वितरण सहज गर्न पहल गरिने, खानेपानी , स्वास्थ्य , शिक्षा , फ‍होर मैला ब्यवस्थापन , लगायतका बिभिद बिषयमा अावाश्यकता अनुसार माग गरिने , नगर र वडा बाट नागरिकले पाउने सेवा सुबिधा छिटोभन्दा छिटो  र सहज तरिकाले टोल वासिले प्राप्त गर्न सक्ने वातावरण वनाउने साथै संस्थामा अाएका सकरात्मक सल्लाह सुझावलाई मनन गर्दै अावाश्क य‍ोजनाहरु लिएर ती योजनाहरु सम्पन्न गर्न वडा र नगरमा अनुरोध गरिने पनि अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
अार्थिक बर्ष २०७७/०७८ र २०७८/७९ मा बाटो बाहेक  संस्थामा १ लाख ८७ हजार ५७३ रुपैयाँ वराबर कारोवार भएको अार्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष राम जी गौतमले प्रस्तुत गर्नु भएको थियो । जस्मा हाल सम्म १ लाख ४१ हजार ४९५ रुपैयाँ खर्च रहेको  छ भने ४६ हजार ७८ रुपैयाँ बैंक मौज्दात देखीएको छ । त्यसैगरि संस्थाको साङ्गठानिक विवरण प्रतिवेदन सचिव बालकृष्ण अधिकारीले प्रसतुत गर्नुभएको थिय। अध्यक्ष , कोषाध्यक्ष र सचिव तिनै जनाको प्रतिवेदन हलले अनुमोदन समेत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले शान्ति टोलले गरेको काम देशमै उदाहरणिय रहेको र सरकारले पनि यसरिनै योजनाबद्ध काम गरे देश समाजवादमा रुपान्तरण हुन समय नलागने बताउनु भयो । कनकाई ४ मा रहेका १५ वटा टोल समिति मध्ये पहिलो साधारणसभा सबै टोल भन्दा पहिले सम्पन्न गर्न लागेको शान्ति  ट‍ोलको कार्य शैलिले जनप्रतिनिधिलाई समेत सिक्ने अवसर प्राप्त भएको बताउदै पौडेलले शान्ति टोल विकास संस्थाको प्रशंसा गर्दै अागामी दिनमा पनि संथालाई अावाश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

धेरै बर्ष एकजना कर्मचारीको नियन्त्रणमा रहदाको अवस्था स्मरण गर्दै  जनप्रतिनिधि अाएपछि हरेक क्षेत्रमा सहजता र सहयोग भएको वताउदै बुद्धिजीवी , शिक्षा सेवि  डा पुण्यप्रसाद पौडेलले जनप्रतिनिधि र टोल विकास संस्थाको सक्रियतामा शान्ति टोलले मुहार फेरेको उल्लेख गर्नुभयो । तेसै गरि अर्का बुद्धिजीवी शिक्षासेवि खड्ग प्रसाद बिमलिले कहिलेकाही हामिले चाहे अनुरुप काम नहुदा हामी अावेगमा अाए पनि यथार्थमा जनप्रतिनिधि अाएपछि हरेक कुरामा धेरै सजिलो भएको बताउनु भएको छ ।

धेरै रुने , धेरै कराउने बच्चाले नै घरमा धेरै  दूध , घिउ खानपाउने उदाहरण दीदै धैरै र गर्नसकिने योजनाहरु बनाएर शान्ति टोल वडा र नगरमा अाइरहेकाले नै य‍ो टोल  अाज उदाहरण दिन उपयुक्त टोल बनेको वडा नं. ४ का वडा सदस्य  रोशन सुवेदी बताउनुभयो । त्यसै गरि वडाका सवै टोलको प्रतिनिधित्व गर्दै मौरिपालन टोल समितिका अध्यक्ष डिल्लीराम भुर्तेलले शान्ति टोलको यो पहिलो साधारणसभाबाट हामी अरु टोलले पनि धेरै कुरा सिक्ने मौका पाएको बताउदै शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा वडा नं. ४ कि वडा सदस्य देविमाया दाहाल , अादर्श टोलका अध्यक्ष बुद्धि प्रसाद सुवेदी , कनकाई कंचन टोलका अध्यक्ष रत्न बाहादुर श्रेष्ठ , मनोकामना टोलका अध्यक्ष मनोरथ थापा , कनकाई शिर्जन टोलका अध्यक्ष रविन भट्टराई , लक्ष्मी पाण्डे टोलका सचिब हरि मिश्र , नेपाली काङ्ग्रेस वडा सभापति तारकुमार कार्की लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रमको अौचित्यमाथी प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत ट‍ोल सदस्य गुरु प्रसाद गौतमले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिव बालकृष्ण अधिकारीले गर्नुभएको थियो

सम्बन्धित खबर