सुरुंगा । झापाको कनकाई नगरपालिका–३ सुरुंगा स्थित ग्लोवल एडुकेयर एकाडमीले ब्रिटिस काउन्सिलद्वारा संचालन गरेको प्रयोगात्मक सिकाईमा इन्टरनेशनल अवार्ड जितेको छ ।
विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तर नागरिक (ग्लोवल सिटिजन) को रुपमा विकास गर्ने उदेश्यले संचालन गरेको प्रयोगात्मक सिकाई कार्यक्रमम अन्तरगत विद्यालयले अवार्ड जितेको हो । सन् २०१९÷२० मा विद्यालयले ब्रिटिस काउन्सिल संगको सहकार्यमा संचालन गरेको प्रयोगात्मक सिकाई अभ्यास अन्तरगत विद्यालयले अवार्ड जितेको विद्यालयका प्रिन्सिपल विमान लामा तामाङले बताए ।
कक्षा १० सम्म संचालन गर्दै गरेको विद्यालयले सबै विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाई कार्यक्रममा सहभागि गराएको थियो । विद्यालयले प्रयोगात्मक सिकाई कार्यक्रम अन्तरगत फरकिलो संसार, धुम्रपान परित्याग, फोहोर व्यवस्थापन, राम्रो स्वास्थ्य सुरुवात, पूर्वको स्वर्ग जामुनखाडी, कक्षा साथी अन्तरवार्ता, नयाँ प्रविधिद्वारा प्राचीन सामाग्रीको प्रयोगलगायतका विषयमा पाठ्यक्रम अनुसार अध्ययन तथा अनुसन्धान गराएको कार्यक्रम को–अडिनेटर गोकुलचन्द्र आचार्यले जानकारी दिए । कनकाई नगरपालिकाको–३ मा रहेको ग्लोवल र कनकाई–७ मा रहेको फक्तालुङ विद्यालयले उक्त अवार्ड जितेका छन् ।
भारत, पाकिस्तान, भियतनाम, युके गरि चारवटा देशका विद्यालयसंग सहकार्य गरी सिकाई कार्यक्रम गरिएको थियो । अवार्ड पाउने विद्यालयले ब्रिटिस काउन्सिलको लोगोलाई आधिकारिक रुपमा प्रयोग गर्न पाउने छ । उक्त विद्यालयले आगामी तिन बर्षसम्म अन्तर्राष्ट्रियका यस कार्यक्रममा जोडिएका विद्यालयसंग सहकार्य गरि अनुभाव आदन प्रदान गर्न सक्नेछन् । झापाको ग्लोवलसहित चारवटा विद्यालयले उक्त अवार्ड हात पारेका छन् । देशभरबाट ३ हजार विद्यालयले उक्त कार्यक्रमका लागि सहभागीता जनाएका थिए ।