Kanakai Online

अपरपथ मार्ग अनिश्चितकालीन बन्द,हुलाकी मार्ग हिडेका टिपर बाटैमा रोकिए


आइतवार, मंसिर २६, २०७८ |

शरणामती,मंसिर २६।झापा गाउँपालिकालाई कनकाई सुरुङ्गा सँग जोड्ने अमरपथ मार्ग निर्माण कार्य ढिलाई भई अत्यधिक धुलो उडेको भन्दै झापा-६ शरणामतीका स्थानीयले बाटो अवरुद्ध गरेका छन।

एकै समय ठेक्का लागेको सडक कनकाईमा भने निर्माणकार्य अन्तिम चरणमा पुगेको र झापा गाउँपालिकामा भने निर्माणको सुरुनै नगरिएको प्रती स्थानीयले आक्रोश व्यक्त गरेका हुन

अनिश्चितकालीन सडक बन्द गर्दै सरोकारवालाहरु सँग राखेका मागहरु पूरा नभए सम्म बाटोमा लगाइएको ढाँट नखोल्ने स्थानीय युवा भबिन्द्र भण्डारीले बताए।हाम्रा मागहरु स्वास्थ मापदण्ड अनुसार धुलो उड्नु भएन र निर्माण कार्यमा तिब्रता दिनुपर्यो`उनले भने। अमरपथ निर्माण कार्यमा ठेकेदारले चरम लापरवाही र वेवास्ता गरेको स्थानीयको ठहर छ।स्थानीय सरकारको पहलकदमीमा समेत गम्भीर प्रश्नचिन्ह लागेको स्थानीयले बताएका छन।

हामी विकास विरोधी होइनौ हामीलाई विकास नी चाहिएको हो प्रदुषण रहित निर्माणकार्य छिटो भन्दा छिटो होस स्थानीय एकराज बजगाईंले भने। यस अघि नी पटक पटक पत्राचार गर्दा समेत सुनुवाई नभएकोले बाटो अवरुद्द गर्न बाध्य भएको स्थानीय सुब्रतचन्द्र राईले बताए।

यता यस विषयमा स्थानीयको माग पूरा गर्न पहल भइरहेको झापा -६ का वडाध्यक्ष हरिवहादुर बानीयाँले बताए। आज आइतबार बिहान ८ बजे देखि अवरुद्द गरिएको बाटो खोल्न दिउँसो ३ बजे पुर्वाधार विकास कार्यालय प्रतिनिधि र झापा गाउँपालिका अन्तरगतको बाटो निर्माणका ठेकेदार प्रतिनिधि बिच भएको कुराकानीमा समेत ठोस सहमती निक्लिन सकेन।

सहमती नहुन्जेल बाटो बन्द रहने स्थानीयले बताएका छन। बाटो अवरुद्द भएपछी हुलाकी बाटो निर्माणमा खटिएका टिपरहरु बाटैमा रोकिएका छन।झापा गाउँपालिका अन्तरगतको हुलाकी बाटो हिडेका १७ टिप्पर बाटोमै रोकिएका हुन।

पुर्वाधार विकास कार्यालय झापाबाट ५७ करोड रुपैयाँमा चुवी रोषन मैनाचुलीले झापा गाउँपालिका अन्तरगत कनकाई-५ देखि लसुना सम्म ठेक्का लिएको हो।मैनाचुलीले लिएको ठेक्कामा पेटी ठेकेदार सेरबहादुर थापाले ठेक्काको जिम्मा लिएका हुन।२०७६ साल भदौमा ठेक्का लिएको यस निर्माण कम्पनीले ४ वर्षमा निर्माणको काम सक्नेगरी सम्झौता गरेको छ।

सम्बन्धित खबर