Kanakai Online

अमरपथ मार्गमा धुलो उडेको भन्दै स्थानीयद्वारा शरणामतीमा ढाँट


आइतवार, मंसिर २६, २०७८ |

शरणामती,मंसिर २६।झापा गाउँपालिका अन्तर्गतको अमरपथ मार्गमा निर्माण कार्यमा ढिलाई गरेको र बाटोमा अत्यधिक धुलो उडेको भन्दै यहाँका स्थानीय बाटोमा ढाँट लगाएका छन् ।

स्थानीय झापा-६ शरणामती चोकमा बाटो अवरुद्ध गर्दै स्थानीयले ढाँट लगाएका हुन् ।कनकाई नगरपालिकाले काम सक्न लाग्दा समेत झापामा भने कामै नथालिएको र धुलो न्युनीकरण गर्दै काम तिब्र गतीमा थाल्न स्थानीयको माग रहेको छ।

पटक पटक ध्यानाकर्षण पत्र बुझाए पनि ठेकेदारले काम नथालेको र थप संघर्षका कार्यक्रम गरेको स्थानीय युवा भबिन्द्र भण्डारीले बताए।स्वास्थ्यका मापदण्ड अपनाएर बाटोमा पानी हाल्दै निर्माणको काम गर्नुपर्ने हाम्रो माग हो उनले भने।

सम्बन्धित खबर