Kanakai Online

झापाका मगर-जसले करिव ४८ लाख मूल्य बराबरको जग्गा दान गरे


मङ्गलवार, मंसिर १४, २०७८ |

मदरगाछ,मंसिर १४।झापाको झापा गाउँपालिका वडा नं-७ को वडा कार्यालय भवन निर्माणका लागी स्थानीय रामबहादुर थापा मगरले ६ कठ्ठा जग्गा दान गरेका छन् ।

उनले करिव ४८ लाख रुपैयाँ रकम बराबरको जग्गा वडा कार्यालयलाई दान गरेका हुन् ।वडा कार्यालय भवन बनाउने जग्गा अभाव भएकाले आफ्नो परिवारले वडालाई जग्गा दान गरेको मगरले बताए।

भवन नहुँदा वडा कार्यालयको काम असहज भएको थियो,भाडामा भवन लिएर कार्यालय सञ्चालन गर्दै थियौं वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताए। ´जग्गादाता बाट जग्गा पाएपछी वडाको भवन निर्माण सहज भयो ´उनले भने।

४ छोरा र २ छोरीका बाबू रामबहादुरले सामाजिक काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

अहिले मगरले जग्गा दान गरेपछि वडाले भवन सहित दयालधाममा रहेको त्यही जग्गामा आधारभुत स्वास्थ्य चौकी समेत निर्माण गरेको छ।