Kanakai Online

अध्यक्ष कप क्रिकेट उद्घाटन खेल -घरेलु मैदानमा झापा गाउँपालिका विजयी


सोमवार, मंसिर १३, २०७८ |

केशब चापागाईं

मदरगाछ,मंसिर १३।अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा झापा गाउँपालिकाले कचनकवल गाउँपालिकालाई पराजित गरेको छ।

झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा सोमवार सम्पन्न खेलमा झापा गाउँपालिकाले कचनकवललाई ६३ रनले पराजित गरेको हो।टस हारेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो।

११३ रनको विजयी लक्ष्य पछ्याएको कचनकवलले १५.४ ओभरमा सबै विकेट गुमाई ४९ रन मात्र बनाउन सक्यो।

झापाका तर्फबाट नागेन्द्र गणेशले ४६ बलमा सर्वाधिक ४१ रन जोडे।निरज यादवले १९ बलमा १८ रन,प्रदिप कुमारले १७ बलमा १७ रन बनाएका थिए।कचनकवलको बलिङ तर्फ उपेन्द्र साहले १ विकेट,राकेश साहले ३ विकेट,राजेस साहले १ विकेट र दिपेशले १ विकेट लिएका थिए।खेलमा म्यान अफ द म्याच झापाका सर्वाधिक रन बनाउन सफल नागेन्द्र गणेश घोषित भए।

झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा युथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा सोमबार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन पालिका प्रमुख जयनारायण साहले गरेका थिए।सगरमाथा युथ क्लबका अध्यक्ष रोहित कर्णको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नं-७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेती,वडा १ का वडाध्यक्ष राजकुमार यादव,समाजसेवीहरु सखिचन्द्र ठाकुर,छत्र पाण्डे,डिल्लीराम चुडाल,तेज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।मुक्ती बानियाँले सन्चालन गरेको कार्यक्रममा सखिचन्द्र ठाकुरले स्वागत मन्तब्य राखेका थिए।

प्रतियोगितामा जिल्लाका १२ टोलीको सहभागीता

प्रतियोगितामा जिल्लाका १२ टीमले सहभागीता जनाएका छन् ।समूह  “क” अन्तरगत झापा गाउँपालिका,कचनकवल गाउँपालिका,कनकाई नगरपालिका,हल्दिबारी गाउँपालिका,बाह्रदशी गाउँपालिका र सगरमाथा युथ क्लब रहेका छन।त्यस्तै समूह “ख” अन्तरगत शिवसताक्षी नगरपालिका,बिर्तामोड नगरपालिका,भद्रपुर नगरपालिका,दमक नगरपालिका,मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिका रहेका छन् ।प्रतियोगितामा प्रथम पुरस्कार ४० हजार नगद र दोस्रो पुरस्कार २५ हजार नगद सहित ट्रफी रहेको छ।त्यस्तै प्रतियोगितामा म्यान अफदी म्याच,प्लेअर अफदी टुर्नामेन्ट,वेस्ट वलर,वेस्ट व्याट्समेन्ट,वेस्ट किप्पर,वेस्ट फिल्डर,फियर प्ले अर्वाडले समेत पुरस्कार पाउने आयोजकले जनाएको छ।