Kanakai Online

थेवेद्वारा आफ्नो टीम सार्वजनिक


बुधवार, मंसिर ८, २०७८ |

विर्तामोड ८ मंसीर । नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तरगत सभापतिका प्रत्यासी उम्मेद्वार देउकुमार थेवेले आफ्नो प्यानलका पदाधिकारीको टीम घोषणा गर्नुभएको छ ।

देउकुमार थेबे जिताउ अभियानको सचिवालयमा बुधबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति पदका उम्मेद्वार थेबेले आफ्ना टिममा रहेका पदाधिकारीको नाम सार्वजनिक गर्नुभएको हो ।

सभापति पदका उम्मेद्वार थेवेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे , सचिवमा कृष्ण हुमागाँई र नविन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेद्वार रहेका छन् ।

आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेवेले सभापतिका उम्मेद्वार थेबे क्षेत्र नं ४ , उपसभापति भट्टराई क्षेत्र नं ५ , उपसभापति पाण्डे क्षेत्र नं १ , सचिव हुमागाँई क्षेत्र नं २ , सचिव बिमली क्षेत्र नं ३ , सहसचिव राजवंशी क्षेत्र नं ३ र अर्का सहसचिवका उम्मेद्वार भण्डारी क्षेत्र नं ४ बाट रहेका छन् भन्नुभयो ।

आफ्नो टीमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेद्वार थेबेले १३ औं महाधिवेशनमा भएको भद्र सहमतिका आधारमा अग्रज नेताहरुको समर्थनमा आफ्नो साझा र सहमतिको उम्मेद्वारी भएको थेवेले बताउनुभयो ।  आगामी दिनमा पार्टीलाई चुस्त दुरुस्त बनाएर लैजान आफू नेतृत्वको टिमलाई जिताउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधिसमक्ष उहाँले आग्रह समेत गर्नुभयो ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा कांग्रेसको नेतृत्वमा ‘बाघ’ नै आउनुपर्र्ने धारणा राख्नुभयो । आन्तरिक अधिवेशनमा कसैको पनि हारजीत नहुने भन्दै उहाँले आगामी आम निर्वाचनमा प्रतिपक्षीसँग भिड्न सांगठनिक एकता आवश्यक रहने बताउनुभयो ।

उहाँले जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेद्वारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले राजनीतिमा भद्र सहमति हुने बताउँदै भद्र सहमतिको पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले उम्मेद्वारहरुको परिचय गराउँदै देउकुमार थेवेको टीम जुझारु र समावेशी एवं शिक्षा, पत्रकारिता, राजनीति एवं सामाजिक क्षेत्रमा क्रियाशील ब्यक्तित्वहरुलाई जिताउन आग्रह गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतले बोल्नुभएको थियो । कार्यक्रमको संचालन चित्रकला ओलीले गर्नुभएको थियो ।