शरणामती,मंसिर ७। नेपाली काँग्रेसको सोमबार भएको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा जयनारायण साह विजयी बनेका छन् । शिवसताक्षीका प्रत्यासी नारायण बजगाईंलाई पछि पार्दै साह विजयी भएका हुन् । साह झापा गाउँपालिकाका अध्यक्षसमेत हुन् ।
साहले जीतका लागि ४६४ मत ल्याए भने बजगाईंले २७४ मत प्राप्त गरे ।
त्यस्तै क्षेत्रीय सचिव पदमा दुई जना विजयी भएका छन् ।रूपनारायण खतिवडा र सुमन काफ्ले विजयी भएका हुन।खतीवडाले ३१७ र काफ्लेले ३०८ मत ल्याए । त्यस्तै, सह-सचिव पदमा दुई जना विजयी भएका छन् । विजयी हुनेमा इन्द्रप्रसाद प्रसाईं र कोषराज पौडेल रहेका छन् । प्रसाईले ४७८ मत ल्याए भने पौडेलले ३४४ मत ल्याए।