शरणामती,मंशीर ६।झापा गाउँपालिका स्थित नेपाल-भारत सिमा नाका सहज बनेको छ।झापा -१ लसुनाबाट भारतिय बजार दिघलबैंक जाने नेपालीहरुका लागी सहज आवातजावत सुरु भएको हो।
कोरोना महामारीको प्रभावले बिगत डेढ वर्ष देखि बन्द रहेको नाकामा सहज आवतजावत हुन थालेपछि स्थानीय खुसी भएका छन।भारतीय बजारमा नेपालमा भन्दा सस्तो खाद्यान्न पाइने हुनाले नेपालीहरू भारतीय बजारमा खाद्यान्न किनमेल गर्न जाने गरेका छन।
लसुना र दिघलबैँक सहज आवतजावतका लागि सिमामा चेकजाँचमा स्वास्थ्यकर्मी सहितको हेल्थडेक्स समेत राखिएको छ।´सिमा वारीपारी गर्नेलाई अनिवार्य मास्कको प्रयोग र स्वास्थ्य परिक्षण गर्ने गरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मी भुमिका नेपालले बताइन ´बजारका बेला त अत्यधिक भिड हुन्छ,अनिवार्य मास्कको प्रयोग गरेर मात्र हिड्न सुझाव दिन्छौ।
मानीसको पैदल आवातजावत सहज बनाएपनि सवारी साधन आवतजावतमा भने पुर्ण रोक लगाइएको स्थानीय सुरक्षाकर्मीले बताएका छन।
भारतको बिहार स्थित दिघलबैंक बजार आइतबार र बिहिबार लाग्ने गर्छ।यहाँ अधिकांस नेपाली भारतीय बजारमा नुन,तेल लगायतका खाद्यान्न किनमेल गर्न जाने गरेका छन।