केशब चापागाईं
शरणामती,मंशीर ६।गत कार्तिक पहिलो साता आएको अविरल बर्षाको समयमा इलाका प्रहरी कार्यालय कुमरखोदका प्रहरी रातभर सुत्न सकेनन।कारण – जीर्ण भवनबाट रातभर पानी चुहियो,जनताको सुरक्षाका लागि बसेका प्रहरीको बासस्थानमा राज्यले ध्यान नदिँदा उनीहरुनै असुरक्षीत छन।´पानी थाप्न गिलास सिरानीमा राख्यो सुत्यो, पानीका छिट्टा उछुटिएर बेला-बेला गालामा आइपुग्थ्यो अनि झसंङ्ग भयो छाना माथीबाट सिमेन्टका चोइटा पनि खस्छन` प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरिक्षक नारायण प्रधान भन्छन।
झापाको झापा गाउँपालिकामा जनताको सुरक्षाका लागि तीन वटा प्रहरी कार्यालय रहेका छन।झापा बजारमा इलाका प्रहरी कार्यालय कुमरखोद छ भने पन्थापाडा र टाघनडुब्बामा प्रहरी चौकी रहेका छन।
पन्थापाडाको प्रहरी चौकी जोखिम रहित भएपनि टाघनडुब्बा प्रहरी चौकी भने जीर्ण अवस्थामा पुगेको छ।यता इलाका प्रहरी कार्यालय भवनको समेत अवस्था जीर्ण रहेको छ।नयाँ भवन निर्माण थालिएपनि निर्माण अलपत्र रहेको छ।
वि.सं २०३२ सालमा स्थापना गरिएको झापा-४ खयरबारीमा रहेको प्रहरी चौकी अहिले जीर्ण अवस्थामा रहेको छ।चौकीको छानाबाट सिमेन्टका ढिक्का खस्छन,पानी चुहिने समस्या छ चौकी प्रमुख सहायक प्रहरी निरीक्षक बिरबहादुर भण्डारीले बताए ‘प्रहरीलाई सुत्न र बस्न समेत समेत जोखिम छ।यस चौकीमा सहायक प्रहरी निरीक्षकको कमान्डमा ८ जना प्रहरी कार्यरत छन।जनताको सुरक्षा गर्ने प्रहरीनै जोखिमयुक्त भवनमा बस्न बाध्य छन।
नेपाल भारत सिमा नजिकै बस्ने प्रहरीकै सुरक्षामा चुनौती रहेको ४ नम्बर वडाध्यक्ष राजुजंग भारतीले बताए ।´यो भवनमा बस्ने प्रहरीको अवस्था दयनीय रहेको छ` उनले भने।वि.सं २०३२ सालमा स्थापना भएको चौकी भवनको वि.सं २०५७ सालमा छानो चुहुने भएर त्यसबेलाका जनप्रतिनिधिले मर्मत समेत गरेका थिए तर अहिले अवस्था अझै जटिल भएको भारती बताउछन।’सिमेन्टका ढिक्का कति खेर खस्छन् भनेर सुत्न समेत डराउनु पर्ने स्थिति छ,स्थानीय सरकारले गर्न सक्ने सहयोग रङ्ग रोकन,टेवल कुर्सी गरिरहेका छौ तर भवन बनाउन त प्रदेश तथा संघीय सरकारकै बजेट चाहिन्छ भारतीले थपे´हामीले पटक पटक पहल गरिरहेका छौ`।
यता झापा-२ कुमरखोदमा रहेको इलाका प्रहरी कार्यालय भवनको अवस्था पनि उत्तिकै जीर्ण रहेको छ।यहाँ प्रहरी नायव निरीक्षकको कमान्डमा १५ जना प्रहरी कार्यरत छन। वि सं २००१ सालमा स्थापना भएको इलाका प्रहरी कार्यालयको भवनमा अहिले सिमेन्ट खस्ने,पानी चुहिने भएको छ।यहाँको थुनुवा राख्ने हिरासत समेत जीर्ण बनेको छ प्रहरी नायव निरिक्षक नारायण प्रधानले बताए ´माथीबाट सिमेन्ट कति खेर खस्ने हो थाहा हुन्न`।
यद्द्पी इलाका प्रहरी कार्यालयको नयाँ भवन निर्माण निर्माणाधीन अवस्थामा अलपत्र रहेको छ।वि.सं २०७६ साल जेठ १६ गते निर्माणको जिम्मा लिएको टक्सार निर्माण सेवा प्राली डल्लु काठमाण्डौले वि.सं २०७७ जेठ १५ गते निर्माण सम्पन्न गर्ने योजना बनाएको थियो।तर २०७८ साल मंशीर लागिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन।निर्माण अलपत्र नै रहेको छ।´प्रहरी भवनको अवस्था जीर्ण रहेको छ,हामीले पटक पटक निर्माण सम्पन्न गर्न पहल गरिरहेका छौ `२ नं वडाध्यक्ष नेत्रबहादुर खड्काले बताए।
![](https://kanakaionline.com/wp-content/uploads/2021/11/258750284_911505506419126_5465129248548665952_n.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2021/11/258762336_419426039673610_921843839510262238_n.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2021/11/258750225_222744336654327_6950309420591892940_n.jpg)
![](https://kanakaionline.com/wp-content/uploads/2021/11/258769664_221726343409604_5499976935715211752_n.jpg)