रोशन काफ्ले
झापा,मंशीर ५ – नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्प सिजन १ को यति बेला जताततै चर्चा चुलिरहेको छ । प्रत्येक हप्ताको शुक्रबार र शनिवार राती ९ बजे प्रसासरण हुँदै आएको बालबालिकाहरुको रियालिटी सो ले यतिबेला चर्चा कमाउदैछ ।
गत हप्ता टप १४बाट टप १३ प्रतिस्पर्धिहरु छानिएका छन ।टप १४मा उत्कृष्ट प्रस्तुति दिएर ट्प १३मा पुग्न सफल भएकी छन झापा मेचीनगर–८ की रोशा फुयाल । सुमधुर आवाजको कारण पहिलो राउन्डबाट अब्बल प्रतिष्पर्धिको रुपमा परिचित रोशा फुयालको चारै तर्फ चर्चा झनै चुलिएको छ । ग्राण्ड जुरि जजेज तथा दर्शकले अत्यन्तै स्वर रुचाएकी रोशा अहिले सम्म ४ पटक च्याट बास्टर र ३ पटक ग्रान्ड बास्टर भएर झन चर्चामा आएकी छन ।हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रशारण हुदै आएको रियालिटी सो मा हाल रोशा भोटिङ राउण्डको चरणमा छिन् । धेरै मीठो आवाजका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्नका लागि अब सबैको भोटको खाँचो रहेको छ । त्यसैले उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानमा उनको समर्थन बढ्दै गईरहेका छन ।
हरेक शुक्रवार राती ९ बजेदेखी सोमवार अपराह्न १२ बजेसम्म हुने भोटिङ्गका लागि सबैसमक्ष रोशाले सहयोग समेत मागेकी छिन । प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम रहेकोले रोशालाई सबैको भोटको जरुरी छ । सानैदेखि संगीतमा रुचि देखाएकी रोशा क्लासिक मोड्न तथा आधुनिक गित बडि गाउने बताउछिन ।मेची नगर तथा झापा जिल्लामा भएका धेरै प्रतियोगिताहरुमा समेत रोशाले जित हासिल गरेकी छिन् ।
रोशालाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर SGMP टाइप गरेर स्पेस दिएर रोशाको भिटिङ्ग कोड १३ लेखि ३३००१ मा सेण्ड गर्नुपर्ने हुन्छ । देश तथा बिदेशबाट अनलाईन मार्फत भोट गर्नको लागि प्ले स्टोर बाट एन्ड्रोइड मोवाइलकर्ताहरुले MOMO app डाउनलोड गरेर समेत भोट गर्न सक्नुहुनेछ ।