Kanakai Online

विद्यार्थी संगठनले गर्यो पुर्वको पर्यटकीय गन्तव्य कन्यामको सरसफाई


शनिवार, मंसिर ४, २०७८ |

सरोज निरौला

फिक्कल मंसिर ४ -नेकपा एकिकृत समाजवादि निकट विद्यार्थी संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन सुर्योदय नगर किमिटिको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

सुर्योदय नगर कमिटि अध्यक्ष सविन अधिकारीको अध्यक्षता साथै अनेरास्ववियू ईलाम जिल्ला कमिटि सचिव चेतन अधिकारीको प्रमुख आतिथ्यतामा पुर्वको पर्यटकीय गन्तव्य कन्यामको सरसफाई गरिएको हो । पार्टिको साँगठानीक गतिबधि अन्तर्गत केहि हप्ता अगाडि सुर्योदय नगरालिका वडा नम्बर १० को पर्यटकिय क्षेत्र समि पार्कको सरसफाई गरको कमिटिले आज कन्याम क्षेत्रको सरसफाई गरेको हो ।

पार्टी निकट विभिन्न विद्यालयका विद्यार्थी नगर प्रहरी लगायत ४० जना भन्दा बडिको उपस्थितीमा सरसफाई गरेको हो । कमिटिले पछिलो कार्यक्रम अन्तरर्गत पर्यटकीय क्षेत्र श्री अन्तुको पनि सरसफाई गर्ने जिल्ला कमिटि सचिव चेतन अधिकारीले जानकारी दिनुभयो ।