Kanakai Online

झापा गाउँपालिका-भानुभक्त सहकारीको सञ्चालक समिति गठनमा धाँधली भएको सेयर सदस्यको आरोप


शुक्रवार, मंसिर ३, २०७८ |

कामाटोली,मंशीर ३।संस्थाका सेयर सदस्य रहेका झापा गाउँपालिका-३ का गुलावर विन मियाँले यहाँ स्थित श्री भानुभक्त कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समिति गठन प्रक्रियामा धाँधली भएको आरोप लगाएका छन।

उनले संस्थाको नवनिर्मित समितिमा उपाध्यक्ष पदमा दाबेदारी दिएको र स्थानीय जगत पौडेलको समेत सोही पदमा दाबेदारी रहेकाले सहमती गराउन गोपाल खत्रीको संयोजकत्वमा बनेको सहजीकरण समितिले उपाध्यक्ष पद छोडेर ऋण समितिमा जान आग्रह गरेको बताएका छन।’ऋण समितिमा लाने गरि भएको भद्र सहमती हुँदाहुँदै पनि ऋण समितिमा समेत लगिएन’ मियाँले गुनासो गरे।

मियाँले आफुलाई बाइपास गरेर ऋण समिति समेत गठन गरिएको भन्दै सहकारीका बर्तमान अध्यक्ष नेकनारायण गणेशलाई ज्ञापन पत्र समेत बुझाएका छन।उनले ज्ञापन पत्रमा के कारणले आफुलाई बाइपास गरियो यसको जवाफ सहित आफुलाई न्याय गरिदिन आग्रह गरेका छन।

मियाँले कनकाई अनलाइन सँग सम्बाद गर्दै सहकारीको स्थापना काल १४ वर्ष देखि संस्थामा आवद्द रहेको बताएका छन।

संस्थाले गत कार्तिक १३ गते १४ औ वार्षीक साधारण सभा गर्दै नयाँ संचालक समितिको गठन प्रक्रिया थालेको थियो।